मापदन्ड विपरित संचालनमा रहेको भन्दै ओएसीस मेडिकल कलेज चितवनका परिक्षार्थि परिक्षा दिन बाट बन्चित
शिक्षाखबर डेस्क
२६ फाल्गुन २०७४, शनिबार
no immg

फागुन २६ चितवन , ओएसीस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनका विद्यार्थिहरुले नर्सिङ लाइसेन्सको लागी लिइने परिक्षामा सहभागी हुन नपाउने भएका छन ।

चितवनको भरपुरमा रहेको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटललाइ नेपाल नर्सिङ परिषदले मापदन्ड अनुसार संचालनमा नरहेको भन्दै नेपाल नर्सिङ परिषद ऐन २०५२ को दफा ९ को कानुनी व्यवस्थाबमोजिम कुनै पनि नर्सिङ शिक्ष्ँण सस्था स्थापना र सञ्चालनको स्वीकृति दिनु पुर्व सम्वन्धित निकायले परिषदको परामर्स माग गरी त्यस्तो परामर्सबमोजिम गर्नुपर्ने र यस परिषदको न्युनतम मापदन्ड पुरा गर्नुपर्नेमा सो मामदन्ड पुरा नगरी ओएसिस मेडिकल कलेज भरतपुरले विएन,विएससी र नर्सिङ समेतका कार्यक्रम संचालन गर्दे आइरहेको थियो ।

कलेजले न्युनतम मापदन्ड समेत पुरा गर्न नसकेका कारण लाखौ रुपैया खर्च गरेर अध्ययनगरेकाहरु अहिले घर न घाटको भएका छन । आफुले लाखौ रुपैया खर्च गरेर पढियो अहिले आएर परिक्षा दिन पाइएन पिडित विद्यार्थि शोभा अर्यालले बताउनु भयो उहाका अनुसार नर्सिङ लाइसेन्सका लागी फागुन २६ गते परिक्षा हुदै छ ।
सो कलेजमा अझै ७० जना विद्यार्थि अध्ययनरत रहेका छन उनिहरु पनि परिक्षा दिनबाट वन्चित हुनेत होइन , अनि किन अनुमति नहुदा पनि सो कलेजले भर्ना लियो , कलेजको भनाइ के छ पुर्वाञ्चल विश्वविद्यालयको भनाइ के छ नर्सिङ काउन्सिलले के भन्छ , यो विषयको गहिराइ सम्म पुगेर शिक्षाखवर मार्फत पाठकहरुलाई हामि जानकारी गराइरहने छौ ।

प्रतिक्रिया