चितवनको ओएसिस मेडिकल कलेजमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी
शिक्षाखबर डेस्क
२७ फाल्गुन २०७४, आईतवार
no immg

सतिश ढकाल, भरतपुर २७ फागुन / चितवनको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ | सो कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरि पुर्बान्चल विश्वविद्यालयले  लिएको अन्तिम परिक्षामा उत्तिर्ण बिद्यार्थी नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी हुन पाएका थिएनन् ।परिक्षामा सहभागी हुन नपाएपछि पीडित बिद्यार्थीले  हिजो अखिल क्रान्तिकारी को केन्द्रिय कार्यालय बागबजारमा  पुगि अध्यक्ष रन्जित तामाङ  समक्ष आफ्नो भबिस्यको बारेमा सोचीदिन अनुरोध गरेका थिए र अध्यक्ष तामाङले तत्कालनै  मातहतका कमिटीलाई  यथार्थ बुझ्न अनि आफुलाई रिपोर्ट गर्न निर्देशन दिदै पीडित बिद्यार्थीको भबिस्यप्रती आफू र संगठन गम्भीर  भएको बताएका थिए ।

आज एकाबिहानै अखिल क्रान्तिकारी का  केन्द्रिय सदस्य सुरज सिंहको नेत्रित्वमा  पुगेको टोलिले कलेजमा अनिश्चितकलिन  तालाबन्दी गरेको हो । “कलेजले सामान्य मापदण्ड समेत पूरा नगरेको पाइयो, यसरी बिध्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई छैन ” चितवन जिल्ला संयोजक बसन्त आचार्यले भने । उनले अब संगठन मुखदर्शक  भएर नबस्ने  र  आन्दोलनलाई युद्धको रफ्तारमा चर्काउदै दोषी कलेज संचालकलाई कार्बाहिको दाएरामा ल्याइ छाड्ने बताए । यस बारेमा कलेज संचालक हेम कुमारी चौधरीसग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया