ओएसिस मेडिकल कलेजद्वारा करौडौको ठगि सरकार मौन
शिक्षाखबर डेस्क
२७ फाल्गुन २०७४, आईतवार
no immg

चितवनको भरपुरमा रहेको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटलले करोडौ को रकम ठगि गरेको खुल्न आएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा नेपाल नर्सिंग परिषदवाट पूर्ण सम्बन्धन प्राप्त नगरी संचालन गरिरहेको मेडिकल कलेजले १०० जना विद्यार्थी बाट ६ लाख का दरले ७ करोड भन्दा बढी रकम असुल्दै ठगि गरेको खुलेको हो ।

बि.स २०७० देखि बि.एस.सी नर्सिंग को भर्ना संचालन गरि प्रत्येक ७० विद्यार्थीबाट ६ देखि १२ लाख का दरले र बि.एन तर्फका ३० जना विद्यार्थी बाट ३ देखि ५ लाख का दरले गरि ७ करोड भन्दा बढी रकम असुली सकेको स्रोतले बताएको छ ।

यसरि दिनदहाडै करौडौ रकम असुल्दै गर्दा पनि यता सरकार भने मौन छ । प्रधानमन्त्री के.पि शर्मा ओलीको दुइतिहाई को शक्तिशाली सरकार बनिरहदा ओएसिस मेडिकल कलेजका बारेमा सरकारको ध्यानाकर्षण नहुनुले यो घटना झन् संकास्पद हुन आएको छ ।
दिनदिनै मेडिकल माफियाहरुले करोडौ रकम असुली रहदा सरकारको तर्फबाट कुनै पनि कारबाही नहुनुले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ । सरकारको भ्रस्टाचार सम्बन्धि सुन्य सहनशीलताको प्रतिबद्दता उदांगो भएको छ । बिगत ४ वर्ष देखि सम्बन्धन नै नलिईकन बि.एस.सी नर्सिंग र बि.एन मा भर्ना गरि करोडौ असुलि रहदा सरकार मौन रहनुले सरकारी निकाय र सरोकार वालाहरुको संलग्नता रहेको स्रोतले बताएको छ ।
हिजो सम्पन्न १८ औ नर्सिंग लाइसेन्स परिक्षामा दुइ बिद्यार्थीहरु परिक्षा दिनबाट वन्चित भएका थिए ।परिक्षा दिनबाट वन्चित भएका बिद्यार्थीहरु शोभा अर्याल र तनुजा श्रेष्ठले एकै स्वरमा शिक्षाखबरलाइ भने-नर्सिंग पढेर देशको सेवा गर्छु भन्ने सोचेका थियौ मेडिकल कलेजले हाम्रो भबिस्य माथि नै खेलवाड गर्यो ,परिक्षा दिन नपाएपछी बल्ल पो थाहा पायौ कलेज त काउन्सिलमा दर्ता नै रहेनछ । अहिले सम्म कति पैसा तिरिसक्नु भयो भन्ने शिक्षाखबरको जिज्ञासामा श्रेष्ठले निरास हुदै भनिन – बुवा मम्मीले ६ लाख तिरिसक्नुभयो अझै कति विद्यार्थीको अवस्था मेरो जस्तै हुने हो ?

प्रतिक्रिया