अनेरास्ववियु ,अखिल क्रान्तिकारी तथा नेपाल बिद्यार्थी संघको संयुक्त आयोजनामा आज दिऊसो काठमान्डौमा बसेको बैठकले ओएसिस मेडिकल कलेजमा भैरहेको घटनाको बिषयमा बिज्ञप्ती जारी गरेका छन ।
शिक्षाखबरमा पटक पटक समाचार प्रकाशित भयपछि विधार्थी संगठनहरुको बैठक बसेको हो । अनेरास्ववियुकि अध्यक्ष नबिना लामा , नेपाल बिधार्थी संघका अध्यक्ष नैन सिंह महर र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङद्वारा हस्ताक्षरित संयुक्त्त ७ बुदे बिज्ञप्तीमा मापदण्ड र गुणस्तर कायम नगरी संचालनमा रहका ओएसिस मेडिकल कलेज लगायतका कलेजहरुका सम्बन्धन खारेजीको साथै लाइसेन्स परीक्षाबाट बन्चित सो कलेजका बिध्यार्थीहरुको समस्या तत्काल समाधान गर्न माग गरिएको छ । हाम्रा मागहरु तत्काल सम्वोधन नगरिए कडा संघर्षमा उत्रन वाध्य हुनेछौं ।’ क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।