न्यायका लागि ओएसिस पिडित बिद्यार्थीको अपिल
शिक्षाखबर डेस्क
२९ फाल्गुन २०७४, मंगलवार
no immg

काठमाण्डौ,नेपाल नर्सिङ परिषदको न्युनतम मापदन्ड पुरा गर्नुपर्नेमा सो मामदन्ड पुरा नगरी संचालनमा रहेको भन्दै पुर्बान्चल बिश्वबिधालयबाट सम्बन्धन प्राप्त ओएसिस मेडिकल कलेज भरतपुरका वि.एन र वि.एस.सी नर्सिङ कार्यक्रमलाई काउन्सिलले मान्यता नदिदा सो कलेजका प्रथम ब्याचका बिद्यार्थी १८औ नर्सिंग लाइसेन्स परीक्षाबाट वन्चित भएका थिए ।

माओबादी निकट क्रान्तिकारी बिद्यार्थी संगठनको अगुवाइमा रिपोर्टस क्लब नेपालको साक्षात्कार कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पिडित विद्यार्थीहरुले आफु लगाएत कलेजमा अध्ययनरत १०० जना बिद्यार्थीलाइ न्याय दिलाइदिनकालागि सरोकारवाला सबैमा अपिल गरेका छन ।
ओएसिसको सम्बन्धन खारेज गरि अध्ययनरत बिध्यार्थीलाई स्थानन्त्रण सहितको ब्यवस्थपन र पिडित बिद्यार्थीहरुलाई परिक्षा दिने ब्यवस्था नगरिए सम्म संगठन जस्तो सुकै अवस्थामा पनि पछी नहट्ने भन्दै पुर्बान्चल बिश्वबिधालयको जिम्मेवारी सम्हाल्दै आएका संगठनका केन्द्रिय सदस्य बालकुमार के.सी द्वारा हस्ताक्षरित बिज्ञप्ति क्रान्तिकारीले जारि गरिएको छ।

ओएसिस मेडिकल कलेज भरतपुरमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ र क्रियाशील ३ बिधार्था संगठनहरु नेबिसंघ का अध्यक्ष नेनसिहं महर,अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामागंले समस्या सामाधानको माग गर्दै संयुक्त बिज्ञप्ति जारी गरिसकेका छन् ।

प्रतिक्रिया