काठमाण्डौ,कलेज चलाउन आधारभूत मापदण्ड पनि पुरा नगरी ओएसिस मेडिकल कलेजले नेपाल नर्सिङ परिषदलाई कानुनि दवाब सिर्जना गरेको छ ।
बर्षौदेखि नेपाल नर्सिङ परिषदको स्वीकृति नै नलीइ संचालन गरि रहेको चितवन,भरतपुर स्थित ओएसिस मेडिकल कलेजले उच्च अदालत पाटन पुगी नेपाल नर्सिङ परिषद बिरुद्द रिट हाली कानुनि दवाब सिर्जना गरेको हो ।
नेपाल नर्सिङ परिषद एन २०५२ को दफा ९ मा कुनै पनि नर्सिङ शिक्षण संस्था स्थापना र संचालनको स्वीकृति दिनु पूर्व सम्बन्धित निकायले परिषद संग परामर्श माग गरि त्यस्तो परामर्श बमोजिमनै गर्नु पर्ने र परिषदको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने कानुनि व्यवस्था छ ।
परिषदबाट ओएसिस कलेजको पटक पटक स्थलगत निरिक्षण गरि BN. र Bsc.नर्सिङ चलाउन न्युनतम मापदण्ड पनि पुरा नगरेको पाइएकाले सो कलेजले हाल सम्म नर्सिंग संचालनका लागि परिषदबाट अनुमति नपाएको हो ।
उक्त कलेजले ५५ शैया रहेको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल जसमा patient occupancy १३ प्रतिशत देखिएको र ५ जना शिक्षकहरु भएको तर उक्त कलेजले संचालन गरेको अस्पतालनै हाल सम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट पूर्णरुपले स्वीकृत नभएको स्रोतको दाबि छ ।
‘आफै स्वास्थ्य मन्त्रालय र परिषदको कानुनि मापदण्ड नपुर्याइ विवादित बनेको मेडिकल कलेजले लाइसेन्स परिक्षा दिन नपाएका बिद्यार्थीलाइ ढाल बनाइ परिक्षाको ३ दिन अघि मात्र उच्च अदालत पाटनमा काउन्सिल बिरुद्द रिट हाल्न लगाउनु , अदालतले बिद्यार्थीको पक्षमा निर्णय गर्दै प्रवेशपत्र दिन आदेश गर्दा पनि काउन्सिलले त्यसको सम्मान गर्न नसकेको देख्दा बिद्यार्थी र हामि अभिभावक अचम्मित परेका छौ’ पिडित तनुजाका भिनाजु सफल श्रेष्ठले शिक्षाखबर संग बताए ।
शिक्षाखबरसंगै रहनुहोला हामि निरन्तर पछाइरहने छौ ।