शिक्षकको गैर जिम्मेवारी कार्य , प्रश्न पत्र चोरेको आरोपमा ३ जना विद्यार्थि प्रहरीको नियन्त्रणमा , बासगढिमा नगर क्षेत्रमा परिक्षा अन्यौल
शिक्षाखबर डेस्क
३ चैत्र २०७४, शनिबार
no immg

बर्दिया , शिक्षकको गैरजिम्मेवारी पनका कारण बर्दिया बासगढि नगर क्ष्ँेत्रका कक्षा ८ का विद्यार्थिहरु परिक्ष्ाँ दिन बाट बन्चित भएका छन ।
गएको विहिवार देखि सुरु भएको कक्षा ८ को परिक्षा प्रश्नपत्र चोरी भएका कारण स्थगीत भएपछि बासगढि नगरक्षेत्रका विद्यार्थिहरु परिक्षा दिन बाट वन्चित भएका हुन ।
बर्दियाको वासगढि नगरपालिका अन्तर्गत रहेको लालीगुरास मावि माछागढको कार्यालयमा राखिएको प्रश्नपत्र चोरी भएका काराण परिक्षा स्थगित भएको बासगढि स्रोत केन्द्रका स्रोत व्यक्ति ढाकाराम ढकालले बताउनु भयो । ढकालले दिएको जानकारी अनुसार सो विद्यालयमा राखिएका कक्षा ८ र ९ को प्रश्नपत्र मंगलवार रातिको समयमा चोरी भएको हो । प्रश्नपत्र चोरी गरेको आरोपमा ३ जना विद्यार्थिलाई इलाका प्रहरी कार्यालय वासगढिले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीरहेको छ । प्रश्नपत्र राखिएको विद्यालयको कोठाको भवन पनि सुरक्षित नभएको कोठाको ढोका फोरेर दराजबाट प्रश्नपत्र चोरी भएको विद्यालय निरीक्षक रविलाल मिजारले बताउनु भयो । स्थगित भएको परीक्षा चैत्र ८ गते बाट संचालन हुने गरी तयारी थालिएको पनि उहाले बताउनु भयो ।
सो नगरपालिका अन्तर्गत शिक्षा फाट हेर्ने निलकन्ठ रेग्मी एउटा एनजिओको कार्यक्रममा काठमान्डौ गएको तथा घटनाको विषयमा जिल्ला शिक्षा अधिकारीलाई सम्पर्क गर्न खोज्दा उहाका सहयोगीले कार्यक्रममा रहेको भन्दै सम्पर्क गराएनन । हामिले विहिवार दुइ पटक सम्म सम्पर्क गर्दा समेत सम्पर्कमा न आउनु भएका जिल्ला शिक्षा अधिकारी बग्नाह तिर कार्यक्रममा रहेको बुझिएको छ ।परिक्षा स्थगित भएपछि विद्यार्थिको भविश्य अन्यौल बनेको छ । सो वासगढि नगरपालिका अन्तर्गत रहेका २९ वटा विद्यालयका करिब १ हजार ६ सए ७४ जना परिक्षार्थि परीक्षा दिन बाट वन्चित बनेको हुन । यो विषयमा वासगढि नगरपालिका अनभिज्ञ रहेको छ ।

प्रतिक्रिया