स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण
शिक्षाखबर डेस्क
३ चैत्र २०७४, शनिबार
no immg

मंगलसेन : अछामका सबै स्वास्थ्य सस्था सोमबारदेखि स्थानीयतहलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवरमार्फत सबै स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले आजदेखि स्वास्थ्य सस्थाहरू जिल्ला स्वास्थ्य कार्यालयको नरहेर औपचारिक रूपमा स्थानीय तहमातहत रहेको घोषणा गरेका छन् । समन्वय समितिका संयोजक कुँवरले १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेका हुन् । स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्र्ने विषयगत कार्यालयमध्ये स्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।

जिल्लामा चार नगरपालिका र ६ गाउ“पालिका छन् । नगरपालिका र गाउ“पालिकास्तरमा रहेका स्वास्थ्य संस्था अब स्थानीय सरकारमातहत सञ्चालन हुने भएको हो । जिल्लामा रहेका ७२ स्वास्थ्य चौकी, कमलबजार र चौरमाडौंमा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्र, मंगलसेन र साँफेबगरमा रहेका दुई वटा सहरी क्लिनिक र दुई वटा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारबाटै स्थानीय तहमातहत गएका छन् । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका सबै स्थानीय तहभित्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जनस्वास्थ्य अधिकृत ढुंगानाले बताए ।

जिल्लाका ७२ स्वास्थ्य चौकी, कमलबजार र चौरमाडौंमा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्र, मंगलसेन र साँफेबगरमा रहेका दुई वटा सहरी क्लिनिक र दुई वटा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारबाटै स्थानीय तहमातहत गएका छन् ।

स्थानीयतह कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरू स्थानीय तहमै गए पनि कार्यालयमातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारलगायत सम्पूर्ण अधिकार औपचारिक रूपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको ढुंगानाले बताए । सोही अवसरमा सबै स्थानीय तहका प्रमुख उपप्रमुखसँग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका विषयमा छलफलसमेत भएको छ । स्वास्थ्यका कर्मचारी भने अहिले जुन जुन स्थानीय तहमा काम गरिरहेका छन् सबै काजमै छन् । उनीहरूको समायोजन भने नीतिगत रूपमा कर्मचारी समायोजन विधेयकअनुसार मात्रै हुनेछ ।

कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले स्वास्थ्य संस्था स्थानीय तहमातहत आइसकेपछि आफूहरूलाई जिम्मेवारी थपिएको बताए ।

प्रतिक्रिया