विद्यार्थीलाइ अँध्यारोतर्फ घचट्दै पुर्बान्चल बिश्वबिद्यालय
शिक्षाखबर डेस्क
३ चैत्र २०७४, शनिबार
no immg

फागुन ३, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ परिषदको न्युनतम मापदण्ड पनि नपुर्‍याइ संचालन गरिएको ओएसिस मेडिकल कलेज भरतपुरलाइ Bn र Bsc नर्सिङ कार्यक्रम संचालन स्वीकृति प्रदान गरि पुर्बान्चल बिश्वबिद्यालयले विद्यार्थीको भबिस्यलाइ जानाजान अन्धकारतर्फ घचेटेको छ ।
पुर्बान्चल बिश्वबिद्यालय रजिस्टारको कार्यालय मिति २०६९/८/६ गतेका दिन पत्र चलानी न. ३१/०६९/०७० को पत्रानुसार बिद्यार्थी भर्ना लिनु अगावै पुर्बान्चल बिश्वबिद्यालय तथा नेपाल नर्सिङ परिषदले तोकेको Norms and Standard समेत पुरा गर्नुपर्ने लगायातका ९ बुदे सर्त अनिवार्य रुपमा कार्यान्वयन गर्ने सर्तमा सोहि मितिबाट लागुहुने गरि शैक्षिक सत्र २०६९/०७० का लागी ४ बर्षे Bsc नर्सिङ प्रथम सत्रको कक्षा संचालन गर्न ओएसिस मेडिकल कलेजलाइ पुर्बान्चल विश्वविद्यालयले अस्थाई सम्बन्धन दिएको हो ।

शैक्षिक सत्र २०७०/७१ का लागि पुर्बान्चल विश्वबिद्यालयद्वारा प्रकासित भर्ना सुचना ओएसिस २२ न. मा

यसरि बिश्वबिद्यालय आफ्नै र परिषदकै मापदण्ड पुरा नगरी मनोमानी ढंगले ओएसिस कलेजले अध्ययन अध्यापन गराइरहदा भर्ना प्रक्रिया रोकी अध्यनरत विद्यार्थीको व्यवस्थापन गर्नुको साटो प्रत्यक वर्ष नयाँ भर्ना संचालनका निमित्त सुचना निकाल्नुले बिश्वबिद्यालयनै सोझा बिद्यार्थीको भबिस्य माथि खेलबाड गर्न उदृत देखिन्छ ।
यहि सन्दर्भमा शिक्षाखबर संबाददाताको जिज्ञासामा कलेजले मनोमानी ढंगले अध्यापन गरेको स्विकार्दै पुर्बान्चल बिश्वबिद्यालयका डीन सिद्धार्थ कोइराला भन्नुहुन्छ “बिश्वबिद्यालयले कलेजको स्थलगत निरीक्षण प्रतिबेदन बोर्डमा बुझाइसकेको भएपनि सो सन्दर्भमा बोर्डको बैठक हुन नसकेका कारण ओइसिसको बिषयमा ठोस निर्णय लिन ढिलाई भएको हो र कलेज डीएफिलेटेड नभएसम्म भर्ना र परिक्षा नियमित गराउनुपर्ने कानुनि बाध्यता छ” पदाधिकारीको बैठकलाई दोष थोपर्दै बिश्वबिद्यालयका डीन पन्छिन चाहे ।

शैक्षिक सत्र २०७४/०५ का लागि पुर्बान्चल विश्वबिद्यालयद्वारा प्रकासित  भर्ना सुचना, ओएसिस १३ न. मा

शैक्षिक सत्र २०६९/०७० मा २० जना सीट संख्याको अस्थाई अनुमति पाएको Bsc नर्सिङ कार्यक्रमममा १० जना भन्दा कम बिद्यार्थी भर्ना भएमा सो सत्रको शैक्षिक कार्यक्रम पनि संचालन गर्न नपाउने स्पस्ट व्यवस्था छ जबकी ओएसिस मेडिकल कलेजले शैक्षिक सत्र ०७०/७१ मा आफ्नो Bsc नर्सिङ कै पहिलो ब्याचमै जम्मा २ मात्र बिद्यार्थी अध्यापन गराएको थियो, जसले १८ औ नर्सिङ लाइसेन्स परिक्षा दिन बाट वन्चित भए ।

यसरि सो कलेजमा शैक्षिक सत्र
Bsc.nursing तर्फ ०७०/७१ मा २ जना
०७१/७२ मा ९ जना
०७२/७३ मा १९ जना / BN मा ९
०७३/७४ मा २० जना / BN मा २१
०७४/७५ मा २० जना / BN भर्ना नलिएको

गरि Bsc.nursing तर्फ ७० जना र BN तर्फ ३० जना गरि जम्मा १०० जना बिद्यार्थी छन् । समयमै अध्ययनरत बिद्यार्थी स्थानान्तरण सहितको व्यवस्थापन र परिक्षा दिनबाट वन्चित बिद्यार्थीलाइ परिक्षाका निमित्त सहज बातावरण तयार नगर्दिए पुर्बान्चल विश्वबिद्यालयबाट लाखौ विद्यार्थीको भरोसा टुट्ने र सयौ बिद्यार्थीको भबिस्य अन्धकार हुने करिब निश्चित नै भएको छ ।

प्रतिक्रिया