चितवन, माओबादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले चितवनका दुइ मुख्य क्याम्पसहरु बिरेन्द्र बहुमुखी क्याम्पस र बालकुमारी कलेज नारायणगढमा आज छुट्टाछुट्टै दुइ भेला सम्पन्न गरेको छ ।
पछिल्लो चरणमा संगठनको गतिबिधिलाइ तिब्र बनाएको चितवन जिल्ला समितले जिल्लाको दुइ मुख्य क्याम्पस मध्य बिरेन्द्र बहुमुखी क्याम्पसमा अंकित दवाडीको नेतृत्वमा ३८ सदस्यीय र बालकुमारी कलेजमा रिदम पौडेलको नेतृत्वमा २१ सदस्यीय मूल इकाई समिति सम्पन्न भेलाले सर्बसम्मत निर्बाचित गरेको छ ।
अंकित दवाडी
रिदम पौडेल
दवाडीको नेतृत्वमा रहेको बिरेन्द्रको उपाध्यक्षमा विनोद सुवेदी, प्रदिप सापकोटा, दिपक सुवेदी, विष्णु सापकोटा शिशिर आचार्य, सचिवमा रुकु बस्नेत,सह–सचिवमा संयोग खनाल, प्रतिभा न्यौपाने, गोविन्द सुवेदी, मिलन भट्टराई, संगित सापकोटा तुल बर्देवा र कोषाध्यक्षमा संदिप खनाल र पौडेल नेतृत्वको बालकुमारीमा उपाध्यक्षमा सचिन जंग भट्ट र आशिस सुबेदी सचिबमा अनिल घिमिरे,स-सचिबमा सन्दिप खरेल र लक्ष्मी तिवारी र कोषाध्यक्षमा बन्धना पौडेललाइ चयाँ गरेको जानकारी बिज्ञप्ति मार्फत दिईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला बिद्यार्थी फ्राक्सन इन्चार्ज इश्वर सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।