श्रीमान विरुद्ध बलात्कारको मुद्धा दर्ता श्रीमानको यातना सहन नसकेर प्रहरीका ढोकामा न्याय माग्न
शिक्षाखबर डेस्क
५ चैत्र २०७४, सोमबार
no immg

चैत्र ५ गते ,बर्दियामा पहिलो पटक श्रीमान विरुद्ध श्रीमतिले बलात्कारको मुद्धा दर्ता गराउनु भएको छ ।
बर्दियाको ठाकुरवावा नगरपालिका वार्ड १ सिंहवाहिनि निवासी ३६ बर्षिय तारादेवि बोहराले आफनै श्रीमान विरुद्ध दिनहु यातना दिने र बलात्कार गरेको भन्दै श्रीमान कालिबहादुर बोहरा विरुद्ध मुद्धा दर्ता गराउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी निरिक्षक बोधराज ओझाका अनुसार मुद्धा दर्ता भएको र सो विषयमा अनुसन्धान भैरहेको बताउनु भयो ।
पतिले मापसे गरेर दिनहु कुटपिट गर्ने शारिरीक यातनासगै जबरजस्ती करणी गरेको आरोप लगाउदै तारादेविले जिल्ला प्रहरी कार्यलयमा गुलरियामा उजुरी दर्ता गराउनु भएको हो । पाच सन्तानकी आमा समेत रहेकी तारादेविका श्रीमान नेपाली सेनाका पुर्व हवल्दार हुन ।
२०५३ सालमा विवाह बन्धनमा बाधिएका तारा र कालिवहादुरका ४ छोरी र १ छोरा रहेका छन । लामो समय देखि दम्पत्तिविच बेमेल बढेपछि गएको कार्तिकमा सम्वन्धविच्छेदको मुद्धा दर्ता भएको थियो जिल्ला अदालतमा , अदालतले अझैै फैसला नगरेका कारण एउटै घरमा बस्दै आएका थिए । सोहि समयमा पनि पटक पटक यातना दिने कुटने र जवरजस्ती गर्ने गरेका कारण बाध्य भएर मुद्धादर्ता गराएको पिडितलाई उद्धत गर्दे जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका मुद्धा फाटका प्रहरी निरिक्षक बोधराज ओझाले बताउनु भयो ।

प्रतिक्रिया