समाचार प्रभाब: ओएसिस कलेज सम्बन्धनको सन्दर्भमा पुर्बान्चल बिश्वबिध्यालयद्वारा छानबिन समिति गठन
शिक्षाखबर डेस्क
८ चैत्र २०७४, बिहीबार
no immg

चितवन,ओएसिस कलेज भरतपुरका Bsc नर्सिङका बिद्यार्थीहरुले नर्सिङ लाइसेन्स परिक्षा दिन नपाउनुको कारण बारे छानबिन गर्न पुर्बान्चल बिश्वबिद्यालयले छानबिन समिति गठन गरेको छ ।

ओएसिस मेडिकल कलेज भरतपुरले नेपाल नर्सिङ परिषदबाट स्नातकतह नर्सिङ कार्यक्रम संचालनका निमित्त अनुमति नलिएको जानकारी गराउदै सो कलेजको Bsc नर्सिङ पहिलो ब्याचलाइ परिषदले १८औ नर्सिङ लाइसेन्स परिक्षा दिनबाट वन्चित गराएको हो । सोहि बिषयमा पुर्बान्चल बिश्वबिद्यालयले सहायक डीन दिप्ती शुब्बाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरि चितवन पठाएको छ ।
अनुगमन टोलिले कलेजले मापदण्ड पुर्‍याए नपुर्‍याए अनुगमन गर्ने छ जसमा मुख्य गरि भौतिक संरचना, कर्मचारी संख्या, कलेजले स्वीकृति लिदा देखाएको अस्पतालको बेड संख्या र अस्पतालमा बिरामीको चाप लगाएतका न्युनतम मापदण्डको पनि अनुगमन गर्नेछ भने बिद्यार्थी संग पनि अन्तरक्रिया गर्ने छ । नाम गोप्य राख्ने सर्तमा त्यहि अध्ययनरत एक बिद्यार्थी भन्छिन “यस्ता अनुगमन आउदा होला सायद म्यामले भनेर मै आफै पनि १ पटक २ दिनको लागि कलेजको कर्मचारी र २ पटक सम्म सिकिस्त बिरामी बनेकि छु” ।

‘अखिल क्रान्तिकारीको अगुवाइमा सो कलेजमा अध्ययनरत Bsc नर्सिङका बिद्यार्थीहरु कलेज खारेजी, आफ्नो स्थानान्तरण सहितको व्यवस्थापन र पासभएका बिद्यार्थीहरुको परिक्षा दिन पाउने अधिकारको सुनिस्चितताको माग गर्दै पुर्बान्चल विश्वबिद्यालयको काठमाडौं सम्पर्क कार्यालय घेराउ गर्न पुगेपछी विश्वबिद्यालय अनुगमन प्रक्रिया अगाडी बढाउन बाध्य भएको हो । तर फेरिपनि अनुगमन नाम मात्रको अनुगमन हुन सक्ने सुचना प्राप्त भएका कारण हामि पुर्बान्चल बिश्वबिद्यालयमा क्रियाशील बिद्यार्थी संगठनहरु पनि संयुक्त रुपमा अनुगमनको पनि सचेतता पुर्बक निगरानी गर्न चितवन जादै छौ’ ओएसिस मुद्दामा सक्रियता पुर्बक विद्यार्थीको पक्षमा लाग्दै आउनुभएका क्रान्तिकारीका केन्द्रीय सदस्य बाल कुमार के.सीले शिक्षाखबर संवाददाता संगको संक्षिप्त कुराकानीमा बताउनु भयो ।
ओएसिस कलेजमा क्रान्तिकारी चितवन जिल्ला समितिको तालाबन्दी छ भने संयुक्त बिद्यार्थी संगठनले समस्या यथाशिघ्र सामाधान गर्न माग गर्दै बिज्ञप्ति पनि जारि गरिसकेको छ ।

प्रतिक्रिया