ओएसिस कलेजको अनुगमन सकेर अनुगमन टोलि काठमाण्डौं फिर्ता
शिक्षाखबर डेस्क
११ चैत्र २०७४, आईतवार
no immg

ओएसिस मेडिकल कलेज भरतपुरको स्थलगत अनुगमनमा चितवन आएको पुर्बान्चल बिश्वबिद्यालयको सह-डीन दिप्ती शुब्बाको नेतृत्वको ४ सदस्यीय टोलि अनुगमन सकेर काठमाण्डौं फर्किएको हो ।


ओएसिस मेडिकल कलेज भरतपुरले नेपाल नर्सिङ परिषदबाट स्नातकतह नर्सिङ कार्यक्रम संचालनका निमित्त अनुमति नलिएको जानकारी गराउदै सो कलेजको Bsc नर्सिङ पहिलो ब्याचलाइ परिषदले १८औ नर्सिङ लाइसेन्स परिक्षा दिनबाट वन्चित गरे पश्चात बिद्यार्थी र बिद्यार्थी संगठनको लगातारको दवाब पछी कलेज र कलेजले बिश्वबिद्यालयबाट सम्बन्धन लिदा देखाएको अस्पतालको भौतिक पूर्वाधार र विद्यार्थीहरुलाई पर्न गएको मर्काको बारेमा अनुगमन गर्न ५ दिने समय म्याद सहित ४ सदस्यीय टोलि  ८ गते बिहिबार चितवन आइपुगीको हो । समिति सदस्य प्रा.डा कान्तिलाल भण्डारी भने अनुपस्थित हुनुहुन्थियो ।

टोलीले ९ गते शुक्रबार बिद्यार्थीका मर्का बुझ्न बिद्यार्थी, संगठनका प्रतिनिधिहरु र कलेजका कर्मचारीहरु सम्मिलित अन्तरक्रिया गरेको थियो । सो कार्यक्रममा कलेजमा अध्ययनरत बिध्यार्थीहरुले आफुहरुलाई नेपाल नर्सिङ परिषदको अनुमति प्राप्त कलेज भएको भन्दै गुमराहमा पारेर भर्ना लिएको, भर्ना गर्दा मनोमानी ढंगले कसैसंग पुरै र अरुसंग लागतको आधाभन्दा बढी पैसा असुलिसकेको, कुनै पनि सत्रान्तको पुरा कोर्स अध्ययन गर्न नपाइ नोटको भरमा मात्र परिक्षामा सामिल हुन परेको र यति धेरै मानसिक पिडाबाट गुज्रिदा पनि आफुहरु पूर्ण नर्सिङ बनेर लाइसेन्स पाउने नपाउने टुंगो नभएको दुखेसो पोख्दै पुर्बान्चल बिश्वबिद्यालयले स्थानान्तरण गरेर भएपनि आफ्नो भबिस्यको सुनिस्चितता गरिदिन अनुरोध गरे । त्यसै गरि संगठनका प्रतिनिधिहरुले बिरामी संख्या सुन्य रहेको र कर्मचारीहरुको पनि उपस्थिति नरहेको अस्पतालको भरमा कलेजलाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिई पुर्बान्चल बिश्वबिध्यालायले जानाजान सैयौ विद्यार्थीको भबिस्यमाथि खेलवाड गरेको र यथासिघ्र बिध्यार्थीको माग सम्बोधन नगरे बिश्वबिद्यालय बिरुद्द देशैभरि आन्दोलन गर्ने चेतावनी दिए ।


विश्वबिद्यालयका डीन सिद्दार्थ कोइरालाको नेतृत्वमा अनुगमन टोलि बनेता पनि उहाँ बिदामा भएका कारण आपतकालीन रुपमा आफ्नो नेतृत्वमा समिति गठन गरि ५ दिने समय सिमा सहित पुर्बान्चलले पत्राचार गरि अनुगमनका लागि निर्देशन दिएकाले आफुहरु यहाँ आएको र आफुहरुलाइ यस सम्बन्धमा हालसम्मका बिषयहरु खासै जानकारी नभए पनि आफ्नो समितिले यहाको रिपोर्ट जस्ताको त्यस्तै प्रस्तुत गरि बिद्यार्थीको समस्या सामाधानका विकल्प सहित बिश्वबिध्यालयलाई प्रतिबेदन पेश गर्ने बताउदै टोलि संयोजक पुर्बान्चल सह-डीन दिप्ती शुब्बाले बिद्यार्थीहरुलाई बिश्वाश दिलाइन ।
कलेजको अनुगमन सकी टोलि शनिबार मध्यान्ह काठमाण्डौ फर्किएको छ ।

 

अनुगमन समिति नयाँ रबैया पुरानै
बिहिबारनै चितवन आइपुगेको टोलीले भोलिपल्ट शुक्रबार बिहान ९ बजेबाट बिद्यार्थी र संगठनका प्रतिनिधि सहित अनुगमन गर्ने सेड्युल बनाएता पनि टोलि बिहिबारै सुटुक्क कलेज परिसर पुगी कर्मचारीहरुलाई अनुगमनको समयमा सोधिने प्रश्नको तयारि र देखिएका प्राबिधिक त्रुटीहरु मिलाउन सुझाब दिएर फर्किएको शिक्षाखबरले पत्ता लगाएको छ ।

कलेजको कम्प्युटर ल्याबमा यत्रतत्र राखिएका पुर्बान्चल बिश्वबिद्यालयका परिक्षा उत्तरपुस्तिकाहरु बिहिबारै आएर अन्यत्रै लुकाउन दिएको सुझाब कार्यान्वन नभएको देख्दा टोलि संयोजकले जब भनिन-“तपाइहरुलाई यो सामान हिजै यहाबाट हटाउनुस भन्या हैन किन सिरियस नभाको तपाईहरु ?” तब टोलि बिहिबारनै कलेज आइसकेर ढाकछोपको बातावरण बनिसकेको खुल्न आएको हो । ओएसीस प्रकरणमा साना बिचौलिया देखि प्रतिष्ठित मानिएका व्यक्तित्वहरु सम्म मुछिने डरले रास्ट्रीय चर्चा पाइसकेको यस बिषयलाइ सामान्यकरण गरि दबाउन ठुलै गिरीहो सक्रिय रहेको स्रोत बताउछ ।

प्रतिक्रिया