बराबर हैसियतमा मात्र पार्टी एकता हुने – प्रचण्ड
शिक्षाखबर डेस्क
१२ चैत्र २०७४, सोमबार
no immg

१२ चैत्र भक्तपुर/अखिल(क्रान्तिकारी)प्रशिक्षण विभागद्धारा आयोजित दुई दिवसीय प्रशिक्षक प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले बराबर हैसियतमा मात्र पार्टी एकता हुने बताएका छन् ।

पार्टी एकता कुनै स्वार्थको लागि नभएर समाजबादी क्रान्तिको लागि भएको र एकतापछि पार्टी समाजवादी क्रान्तिको लागि अगाडी बढ्ने उनले बताए । दुईवटा कार्यदलले काम सकिसकेको भन्दै उनले अब एकता संयोजन समिति र दुवै पार्टीभित्र छलफल भएपछि कुरा टुङ्गिने हो तर सबै कुराहरुमा समान हुनु पर्ने समेत प्रचण्डले प्रस्ट परेका छन् । कार्यक्रममा प्रचण्डले विद्यार्थीहरुलाई प्रसिक्षित गर्दै समाज र राष्ट्रले विद्यार्थीहरु माथि ठुलो आशा र भरोसा गरेको हुन्छ, बौद्धिक वर्गले सबै कुराहरुलाई समय अनुकुल बुझन आग्रह गर्दै उनले बिद्यार्थी संगठनलाइ दुध र पानि छुट्टाउन सक्ने हाँसको संज्ञा दिए ।

संगठनको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा सञ्चालित २ दिने प्रशिक्षण कार्यक्रम आज समापन भएको छ।पार्टीका केन्द्रीय कार्यालय सदस्य नारायणकाजि श्रेष्ठले उद्धघाटन गर्नु भएको कार्यक्रममा हरि रोका,झलक सुबेदी,गिरिराजमणि पोखरेल,राम कार्की,हितमान शाक्यले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको अन्तिम दिन आज पार्टी अध्यक्ष क.प्रचण्डले समसामयीक परिस्थिति र पार्टी एकता लगायतको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया