काठमाण्डौ, आज संयुक्त्त बिद्यार्थी संगठनले ओएसिस मेडिकल कलेजमा देखा परेको समस्या सहित बिभिन्न ८ बुदे माग राखी ज्ञापनपत्र बुझाउदै माननिय शिक्षामन्त्री एवं पुर्वान्चल विश्वविद्यालका सह कुलपति गीरीरीजमणी पोखरेलको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियुकि अध्यक्ष नबिना लामा , नेपाल बिधार्थी संघका अध्यक्ष नैन सिंह महर र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङद्वारा संयुक्त्त हस्ताक्षरित ८ बुदे बिज्ञप्तीमा मापदण्ड र गुणस्तर कायम नगरी संचालनमा रहका ओएसिस मेडिकल कलेज लगायतका कलेजहरुका सम्बन्धन खारेजीको साथै लाइसेन्स परीक्षाबाट बन्चित सो कलेजका बिध्यार्थीहरुको समस्या तत्काल समाधान गर्न माग गरिएको छ । मागहरु तत्काल सम्वोधन नगरिए कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी पनि दिइएको छ ।
आजै मन्त्रालयमा पिडित बिधार्थीहरु,अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य सुरज सिंह र बालकुमार केसी सहितको प्रतिनिधिमण्डलले पनि पेश गरेको निबेदन पत्र बुझी शिक्षामन्त्रिले समस्यालाई गम्भीरतापूर्वक लिदै तत्काल रिपोर्ट बुझाई सामाधानको पहल अगाडी बढाउन मन्त्रालयका सचिबलाई लिखित निर्देशन दिनुभयो । मन्त्रिको निर्देशन पछी केहि दिन भित्रै सरोकारवालाहरुवाई बोलाएर निष्कर्ष निकाल्ने गरी आजै देखि सचिब ज्यु गृहकार्य सुरु गर्नु भएको छ ।
आज मन्त्रि ले विश्वबिधालयका पधादिकारीहरुसंग पनि छलफल गर्नु भएको छ । त्यस्तै मन्त्रालय पुगेका कलेज संचालक मनोज चौधरी र हेमकुमारी चौधरीलाई पनि बिधार्थीहरुको समस्यालाई सामाधान गर्न आवश्यक सहजिकरण गर्न आग्रह गर्नु भयो । ओएसिसको समस्या सामाधान का लागी मन्त्रि का स्वकिय सचिव पुर्व बिधार्थी नेता पुरन केसिले बिशेष पहल गरिरहेको बुझिएको छ ।
स्मरणीय
ओएसिस मेडिकल कलेज भरतपुरले नेपाल नर्सिङ परिषदबाट स्नातकतह नर्सिङ कार्यक्रम संचालनका निमित्त अनुमति नलिएको जानकारी गराउदै सो कलेजको Bsc नर्सिङ पहिलो ब्याचलाइ परिषदले १८औ नर्सिङ लाइसेन्स परिक्षा दिनबाट वन्चित गराएको हो । सोहि बिषयमा पुर्बान्चल बिश्वबिद्यालयले सहायक डीन दिप्ती शुब्बाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरि कलेजको स्थलगत अनुगमन पनि सकिसकेको छ ।
हामि यो प्रकरंणलाई पछ्याइरहेका छौ शिक्षाखबरको साथमा रहनुहोस ।