चितवन, अल मार्शल आर्ट एकेडेमी भरतपुर चितवनका खेलाडी देब गुरुङ र कोच सुदन लामा मार्शल आर्टको एम.एम.ए ( मिक्स्ड मार्शल आर्ट ) खेल खेल्न सिंगापुर गएका छन ।

एकेडेमीमै सम्पन्न एक कार्यक्रमका बीच एकेडेमीका संरक्षक इश्वर सापकोटा , अध्यक्ष उत्तम गुरुङ प्रशिक्षकहरु रफी अन्सारी र प्रनिल श्रेष्ठले खेलाडी तथा कोचालाई खादा लगाई विजयको शुभकामना सहित बिदाइ गर्नु भएको हो टोलि ६ दिन सिंगापुरमा रही खेल खेली नेपाल फर्कने छ ।

एकेडेमीमा सितेरियो कराते, मुवा थाई ,थाई बक्सिंग ,किक बक्सिंग ,स्पोर्टस कराते लगाएत मार्शल आर्टका विभिन्न विधाका खेलहरुको प्रशिक्षण भैरहेको बताउदै एकेडेमीका अध्यक्ष गुरुङ भन्नुहुन्छ “स्वास्थका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद नै हाम्रो मूलमन्त्र हो, हामि मार्शल आर्ट मार्फत चितवनलाइ रास्ट्रमा र रास्ट्रलाइ विश्वमाझ चिनाउन चाहन्छौ ।”
एकेडेमीकै आयोजनामा चितवनमै पहिलो पटक मुवा थाई रास्ट्रिय प्रतियोगिता पनि सम्पन्न भैसकेको छ जसको समुद्धघाटन माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नुभएको थियो ।






