संयुक्त्त बिद्यार्थी संगठनले दियो :-परिक्षा केन्द्र जलाउने चेतावनी
शिक्षाखबर डेस्क
१६ चैत्र २०७४, शुक्रबार
no immg

काठमाण्डौ, संयुक्त विद्यार्थी संगठनद्वारा माइतीघर मण्डलामा आयोजित बृहत प्रदर्शन र चक्काजामको कोणसभालाइ सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले शिक्षा ऐनको नवौं संशोधनको खारेजी र २३ गतेको लागि तोकिएको परिक्षा तत्काल स्थगित नगरे परिक्षा केन्द्र आगो लगाइदिने घोषणा समेत गरे ।

कोणसभालाइ सम्बोधन गर्ने क्रममा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामांगले ‘नवौ संसोधन हामि बिद्यार्थी माथि गरिएको अन्याय हो, संविधानले सुनिस्चित गरिसकेको रोजगार पाउने हाम्रो नैसर्गिक अधिकारको सरकारले हनन गर्दैछ, ५ दिन देखि अनसनरत विद्यार्थीको अबमुल्यन गर्यो  यदि २३ गतेको परिक्षा स्थगित गरेन र परिक्षा केन्द्र तोक्न आयोग उदृत रह्यो भने हामि देशै भरिको परिक्षा केन्द्र आगो लगाइदिने छौ ।

शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध माइतीघर मण्डलामा ३ जना बिद्यार्थी ५ दिन देखि आमरण अनसनमा छन् भने  शृङ्खलावद्ध रुपमा आन्दोलन गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त रुपमा चैत्र १६ गते बिहान क्याम्पसहरु अगाडी र दिउसो माइतीघर मण्डलामा बृहत प्रदर्शन र चक्काजाम र १७ गतेबाट देशभरि अनिश्चितकालिन शैक्षिक हडतालको घोषणा गरि आन्दोलनको थालनि गरिसकेका छन् ।

प्रतिक्रिया