चितवन २५ चैत्र/पूर्व प्रधानमन्त्रि एवम् माओबादि केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भरतपुर अस्पतालले आफ्नो ५५ औ बार्षिकोत्सब भब्य रुपमा मनाएको छ ।
आइतबार भरतपुरमा आयोजना गरिएको भरतपुर अस्पतालको ५५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै दाहालले आफ्नो पालामा मन्त्रीपरिषद्बाट स्वास्थ्य विमा सम्बन्धी पारित गरिएको योजनालाई कार्यान्वयन गरिने बताउदै पहिचान बिहिन रहेको भरतपुर अस्पतालले जिल्ला अस्पताल भन्दा धेरै माथीको सेवासुविधा दिइरहेकाले प्रादेशिक अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । प्रादेशीक अस्पताल बन्न संक्षम रहेको भरतपुर अस्पताल लाई प्रादेशीक स्तरको अस्पताल बनाउन आफ्नो तर्फ बाट सक्दो प्रयास गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्रि गगन थापाले समृद्ध नेपालको लागि सबै नेपालीले बराबर रुपमा स्वास्थ्य र शिक्षा पाउनुपर्ने बिचार राख्दै थापाले यस अस्पतालको स्तरउन्नतिका लागि आफ्नो पालामा पनि धेरैनै पहल गरेको बताउदै यसको बिकासमा अहोरात्र मेहनत गर्नुहुने अस्पतालका अध्यक्ष राजकुमार श्रेष्ठ र मे.सु रुद्र प्रसाद मरासिनीलाई बिषेस धन्यबाद पनि दिनुभयो ।
वार्षिकोत्सबको अवसरमा पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्पतालमा रहेको नयाँ सिटि स्क्यान , बहिरंग भवन , डायालोसिस र अक्सिजन प्लान्टको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । उहाँले भरतपुर अस्पतालको जग्गा विभिन्न संघसंस्थालाई भाडामा र निशुल्क रुपमा दिने पुरानो निर्णय र सम्झौता पुर्नविचार हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको कुल ३१ बिगाह जग्गा भएता पनि विभिन्न संघसंस्था , सरकारी र निजी क्षेत्रलाई निशुल्क र केहीलाई अत्यन्तै न्युन शुल्कमा भाडामा दिइएकाले अहिले अस्पताल ११ बिगाह जग्गामा सिमित रहेको छ । वि सं २०१३ मा स्थापना भएको भरतपुर अस्पतालले मध्य नेपालका १३ वटा जिल्लाका बिरामीहरुलाई प्रत्यक्ष रुपमा सेवा पुर्याउँदै आएको छ ।
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद एवम् भरतपुर अस्पतालका पूर्व सञ्चालक समिति अध्यक्ष विजय सुवेदी, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र चितवनका ईन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष बद्रि तिमील्सिना,बर्तमान सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठ,प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रुद्र प्रसाद मरासैनी, अस्पतालकी नर्सिङ विभाग प्रमुख मेट्रोन सरिता कार्कीलगायतले मन्तव्य राखेका थिए ।