मन्त्रीले निभार्इन अभिभावकत्व
शिक्षाखबर डेस्क
७ बैशाख २०७५, शुक्रबार
no immg

काठमाडाैं । ७ बैशाख – महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेकी छिन्।

बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीकी चार वर्षीया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराएको मन्त्री थापाका स्वकीय सचिव गमबहादुर पुनले जानकारी दिनुभयो । मन्त्री थापाले बालिकाको अभिभावकत्व ग्रहण गर्दै एक वर्षका लागि उनको पोशाक, शैक्षिक सामग्रीको व्यवस्था मिलाएकी छिन् ।

सरकारले संघीय, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधिलाई भर्ना अभियानमा परिचालन भएर विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आह्वान गरेको छ । महादेव माविको स्वर्ण जयन्ती समारोहमा सहभागी हुने क्रममा मन्त्री थापाले चोचाङ्गीलाई भर्ना गराएकी हुन्।

प्रतिक्रिया