चितवन,८ बैशाख / चितवनको एतिहासीक महत्व बोकेको उपरतांगगढिमा मार्शल आर्टका मुवा थाई र किक बक्सिंग खेलको बन्द प्रशिक्षण शुरु भएको हो ।
अल मार्शल एकेडेमी भरतपुरले आफ्ना मुवा थाई र किक बक्सिंगका खेलाडीहरुलाई उपरतांगगडी लगी बन्द प्रशिक्षण गराउन थालेको हो ,आज गढिमै एक कार्यक्रमको आयोजना गरि एकेडेमीले दुइ दिने close camp training को उद्घाटन गरेको छ, कार्यक्रममा २ नम्बर क्षेत्र प्रदेशसभा क बाट निर्बाचित माननीय सांसद घनश्याम दाहालको प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै दाहालले खेलाडीको बन्द प्रशिक्षणका निमित्त एकेडेमीले चितवनको पुरानो सदरमुकाम रहेको एतिहासिक महत्त्वको उपरतांगगढिलाई नै रोजाइमा पारि गढिको पर्यटन प्रबर्दनमा सहयोग पुर्याएकोमा र मार्शल आर्टका माध्यमबाट चितवनलाइ विश्वसामु चिनाउन प्रयत्न गरेकोमा अल मार्शल आर्ट एकेडेमीलाइ धन्यबाद पनि दिनुभयो । कार्यक्रममा एकेडेमीका सल्लाहकार सबिता लामा, संरक्षक इश्वर सापकोटा, महिला नेत्री संगीता भट्टराई, माओबादी केन्द्र कालिका नगर इन्चार्ज रामधोज दल्लाकोटि,पूर्व पि.एल.ए नेपाल संस्थाका संथापक अध्यक्ष देबी प्रसाद ढकाल बिद्यार्थी नेताहरु द्वए दुर्लभ शाही र सतिश ढकालको उपस्तिथी रहेको थियो ।
“स्वास्थका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ स्थापित एकेडेमीका खेलाडीले थाइल्याण्ड र सिंगापुर पुगी एक स्वर्णपदक संगै ४ मेडल जिती चितवनलाइ चिनाउन सफल भैसकेको जानकारी दिदै प्रशिक्षक एवम एकेडेमीका अध्यक्ष उत्तम गुरुङले सधै एकै स्थानमा तालिम गरिरहदा खेलाडीलाइ पट्यार लाग्ने हुनाले रिफ्रेशमेन्टका लागि यस्ता खाले बन्द प्रशिक्षणहरु संचालन गर्ने गरेको बताउनुहुन्छ ।
एकेडेमीकै आयोजनामा चितवनमै पहिलो पटक मुवा थाई रास्ट्रिय प्रतियोगिता पनि सम्पन्न भैसकेको छ जसको समुद्धघाटन माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नुभएको थियो ।