बिश्वोबिद्यालयको पाठ्यक्रम एकातिर, सरकारी माग अर्कोतिर : मर्कामा बिद्यार्थी
शिक्षाखबर डेस्क
१० बैशाख २०७५, सोमबार
no immg

काठमाण्डौ,१० बैशाख / कृषि तथा बन बिज्ञान बिश्वोबिद्यालय बाट कृषि स्नातक तहमा उतिर्ण भएका विद्यार्थीहरु लोक सेवा आयोगले लिने Agri. Eco. Marketing and Statistics बिषय अन्तर्गत योजना अधिकृत तहको परिक्षामा सहभागी हुनबाट बन्चित भएका छ। देशकै मुख्य कृषि प्राविधिक बिश्वोबिद्यालय भएपनि यहाँको पाठ्यक्रम लोकसेवा आयोगले तय गरेको न्युनतम अध्ययन गर्नुपर्ने बिषयहरुको सुचिसंग मेल नखाँदा विद्यार्थीहरु मर्कामा परेका हुन् ।  योजना अधिकृत तहको परिक्षालाई मध्यनजर गर्दै आयोगको परिक्षाको तयारीमा बसिरहँदा अन्तिम समयमा लोकसेवा आयोगबाट प्रतिकुल सूचना आएपछि विद्यार्थीहरु निराश बनेका हुन्।

त्यस्तै, त्रिभुवन बिश्वोबिद्यालय अन्तर्गतको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थानबाट हालका बर्षमा स्नातक तह उतिर्ण गरेका विद्यार्थीहरु पनि सो परिक्षा दिनबाट बन्चित भएका छन् ।  देशको मुख्य बिश्वोबिध्यालय र सरकारी कलेजहरुमा पढाई हुने पाठ्यक्रमलाई लोक सेवा आयोगले मान्यता नदिनु, सोहि अनुसारको पहल बिश्वोबिद्यालयहरु बाट नहुनु र लोकसेवा आयोगले न्युनतम अध्ययन गर्नुपर्ने भनि तय गरेको बिषयहरुको सुचिको समयानुकूल परिमार्जन नहुनुले बिश्वोबिद्यालय शिक्षा र सरकारी आवश्यकता बिचको द्वन्द्व उजागर भएको छ।  बिश्वोबिद्यालयले आवश्यक पहल गरेमा आगामी बर्षबाट यो समस्या समाधान हुनसक्ने विद्यार्थीहरुको  भनाई छ।

सोहि विषयमा अघिल्लो बर्षहरुमा भने आयोगको सुची अनुसारको बिषयहरु अध्ययन नगरेका विद्यार्थीहरु पनि लोक सेवा आयोगको परिक्षा पास भएर योजना अधिकृत तहमा विभिन्न जिल्लाहरुमा कार्यरत छन् ।

प्रतिक्रिया