दाहालले निभाए सहिदका पुत्रको अभिभावकत्व
शिक्षाखबर डेस्क
११ बैशाख २०७५, मंगलवार
no immg

चितवन,११ बैशाख / प्रदेश न ३ का  शिक्षा,स्वास्थ्य तथा कृषि समिति संयोजक घनश्याम दाहालले आफु निर्वाचित प्रदेशसभा निर्बाचन क्षेत्र २(क) कालिका नगरपालिका – ७ निवासी सहिदका छोरा रमेश तामाङको अभिभावाकत्व ग्रहण गरेका छन् ।

श्री पृथ्वी माध्यमिक बिद्यालय, कालिका नगरपालिका पुगी  दाहालले जनयुद्दका सहिद राम ब.तामाङका सुपुत्र रमेशलाइ कक्षा ६ मा भर्ना गराइ उनलाइ वर्ष भरिको पोशाक,पाठ्यसामाग्री र खाजा लगाएतका आवश्यकिय सामाग्रीको व्यवस्था मिलाएका छन् भनेतामाङलाइ कम्तिमा माध्यमिक शिक्षा अनिवार्य लिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त्त गरे ।

माओबादी केन्द्र कालिका नगर संयोजक सबिता लामाले एतिहासिक र युगिन परिवर्तनका निमित्त बलिदानीपूर्ण युद्दमा आफ्नो ज्यानको आहुति दिनुहुने  तत्कालिन जनमुक्ति सेना नेपालका प्लाटुन कमान्डर समेत रहेका सहिद राम बहादुर तामाङ र जनमुक्ति सेना सपना तामाङका १४ बर्षीय सुपुत्र रमेश अब आफ्ना बाबुका अधुरा सपना पुरा गर्ने गरि हरतबरले दक्ष बनि रास्ट्र निर्माणमा अघि बढ्ने बिश्वास ब्यक्त गरिन ।

सरकारले यस पटक “हामी सबैका इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा” भन्ने नारा तय गरि बिद्यार्थी भर्ना महाअभियान जारि गरि संघीय, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधि र आम जनसमुदायलाई भर्ना अभियानमा परिचालन भएर विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आह्वान गरेको छ ।

प्रतिक्रिया