निजि बिद्यालयको मनोमानी शुल्क बृद्दी बिरुद्द संघर्षका कार्यक्रम जारि गर्दै संयुक्त्त बिद्यार्थी संगठन
शिक्षाखबर डेस्क
११ बैशाख २०७५, मंगलवार
no immg

काठमाण्डौ, ११ बैशाख/ आज संयुक्त विद्यार्थी संगठनहरुको अनेरास्ववियुको कार्यालय वागवजारमा बसेको  बैठकले  गरेका निर्णय र संघर्षका कार्यक्रम सार्वजनिक गर्न संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।

नेपालमा क्रियाशील ५ बिद्यार्थी संगठनका अध्यक्षहरु अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश वर्तौला,  नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल (क्रान्तिकारी ) अध्यक्षरञ्जित तामाङ , अखिल(छैठौ) अध्यक्ष विमल पोखरेल र नेक्राविसं अध्यक्ष निरज लवजुद्वारा  हस्ताक्षरित बिज्ञप्तिमा सरोकारवालाहरु समेतको सहमतिमा सरकारले जारी गरेको सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो अवज्ञा गरी निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धि तत्काल फिर्ता गराउन र नगर्नेलाई कार्वाही गर्न वैशाख १२ गते १० वजेदेखि शिक्षा विभाग घेराउ तथा धर्ना कार्यक्रम गर्ने,शाख १४ गते देशभरका सवै स्थानीय तहका प्रमुखको कार्यालयमा शुल्क अनुगमन र शुल्क मापदण्ड निर्देशिका विपरितको शुल्कवृद्धि खारेज गर्न घेराउ तथा धर्ना दिने,आगामी वजेटमा शिक्षामा २० प्रतिशत वजेट छुट्याउन,चर्को शुल्कवृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रको आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निशुल्क वनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन सम्माननीय प्रधानमन्त्री ज्युलाई ज्ञापन पत्र दिने लगायतका कार्यक्रमाहरु सार्बजनिक गरेको छ।

फोटो;- क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको फेसबुक वालबाट

प्रतिक्रिया