काठमाडाैं । १६ बैशाख – भरतपुर अाेएसिस नर्सिङ कलेजले नेपाल नर्सिङ काउन्सिल(परिषद) को अनुमति कुनै स्विकृति नै नलिर्इ शैक्षिक संस्था सञ्चालन गर्दै विद्यार्थीकाे भविष्यमाथि खेलबाड गरेकाे भन्ने समाचारले नयाँ माेड लिएकाे छ । हिजाे कलेजकाे निमन्त्रणामा प्रशासन , अभिभावक र विद्यार्थीहरूकाे संयुक्त बैठक बसि यस विषयमा अावश्यक छलफल भएकाे थियाे ।
मापदण्ड अनुसार सञ्चालन नभएकाे भन्दै मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनका विद्यार्थिहरुले नर्सिङ लाइसेन्सको लागी लिइने परिक्षामा सहभागी हुन पाएका थिएनन् । नेपाल नर्सिङ काउन्सिल परिषदको न्युनतम मापदन्ड पुरा गर्नुपर्नेमा सो मामदन्ड पुरा नगरी ओएसिस मेडिकल कलेज भरतपुरले विएन,विएससी र नर्सिङ समेतका कार्यक्रम संचालन गर्दै अाइरहेकाे थियो ।
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले तनुजा श्रेष्ठ र शोभा अर्याललार्इ अब हुने नर्सिङ परिक्षामा सामेल गराउन काउन्सिललाइ अनुरोध गर्ने , उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूलार्इ सम्बन्धन प्राप्त संस्थाहरूमा स्थानान्तरण गर्ने र कलेजले स्वीकृति बिना कक्षा सञ्चालन गरेकाे सम्बन्धमा तत्काल कानुनि प्रक्रिया अगाडि बढाउन बिश्वबिद्धालयलाई निर्देशन सहित मन्त्रीस्तरिय बैठकको निर्णय पत्र पठाएको थियाे ।
सो निर्णय पश्चात् बैशाख ६ गते बिश्वबिद्धालयले कलेजलाइ बिध्यार्थिको बिवरण पठाउन पत्र काटेको हाे । १० गते सम्मकाे मिति भए पनि ११ गते कलेजका सञ्चालक मनोज चौधरी र हेमकुमारी चौधरिले आफै पुर्बान्चल पुगि अावश्यक विवरण बुझाएका हुन् ।
उक्त कलेजका विद्यार्थीहरूले २ महिनादेखि पढ्न पाइरहेका छैनन् । हिजाेमात्र कलेजमा सम्पन्न बैठक पूर्वाञ्चल विश्वविद्यालयलार्इ जति सक्दाे चाँडाे पढ्ने व्यवस्था मिलाउन विद्यार्थी , अभिभावक र कलेज प्रशासनले संयुक्त रूपमा दवाव दिने निर्णय सहित सम्पन्न भएकाे थियाे । मन्त्रालयकाे निर्णय अनुसार अब त्यस संस्थामा अध्ययनरत विद्यार्थीहरू अर्काे सम्बन्धन प्राप्त संस्थामा स्थानान्तरण हुने लगभग पक्का भएको छ।