काठमाण्डौ’ १७ बैशाख/ निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत संयुक्त्त विद्यार्थी संगठनले प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने भएको छ ।
आज अखिल(क्रान्तिकारी)को केन्द्रिय कार्यालय बागबजारमा आन्दोलनरत संयुक्त्त बिद्यार्थी संगठनको बैठक बसी निजि विद्यालयको मनोमानी चर्को शुल्क असुलीका बिरुद्द आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय गर्दै २१ गतेसम्मको अल्टिमेटम सहितको संयुक्त बिज्ञप्ति जारि गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष रंजित तामांग, अनेरास्वोबियुका कार्यबाहक अध्यक्ष महेश बर्तौला,नेबि संघ उपाध्यक्ष पुष्प कुमार शाही र अखिल (छैठौ) का अध्यक्ष बिमल पोखरेलद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा वैशाख १९ गते – संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ अवज्ञा गरी शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाइ गर्ने प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने । वैशाख २० गते – शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा प्रदर्शन सहित तालाबन्दी गर्ने । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई (साविक जिशिअ कार्यालय ) को कार्यकक्षमा तालाबन्दी गर्ने । वैशाख २१ गते -विद्यालय तहको शिक्षाको अनुगमन र शुल्क निर्धारणको अधिकारप्रति वेखबर भई निदाएका जनप्रतिनिधि ब्युझ्याउने भन्दै देशभरका स्थानीय तहका कार्यालय अगाडि प्रदर्शन सहित सिटी फुक्ने । वैशाख २१ गते सम्म माग सम्बोधन नगरिए वैशाख २२ गते वैठक वसी कडा र सशक्त कार्यक्रमको घोषणा गर्ने अबगत गराउदै चरणबद्द आन्दोलनको कार्यक्रम सार्बजनिक गरेको छ ।