लाखौ रक्तबिजहरु मित्रमणिका उत्तराधिकारी हुन : तामाङ
शिक्षाखबर डेस्क
१८ बैशाख २०७५, मंगलवार
no immg

चितवन, १८ बैशाख –  सहिद मित्रमणि आचार्यको ३३ औ स्मृति दिवसमा अखिल(क्रान्तिकारी) केन्द्रीय समितीद्वारा कृषि तथा बन बिज्ञान विश्वविद्धालय रामपुर, चितवनमा आयोजित एक बिशेष कार्यक्रमा अध्यक्ष रन्जित तामाङले मित्रमणि आचार्य हत्याले उनको लाखौ रक्तबिजका रुपमा उत्तराधिकारि जन्माएको औलाउनु भएको छ |

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै मित्रमणिका योगदानहरुको चर्चा गर्दै तामाङले मित्रमणीलाई अमर बनाउन विश्वविद्धालय हाताभित्र सहिद मित्रमणीको शालिक सहित बाटिका,छात्रवृत्ति कोष र मित्रमणी पुस्तकालय एक बर्ष भित्र स्थापना गरि सक्ने घोषणा गर्नु भएको छ | २०१९ असार ३ मा प्युठान जिल्लामा जन्म भइ २०४२ बैशाख १८ मा चितवनको रामपुरमा हत्या गरिएका मित्रमणी तत्कालिन अखिल छैठौका केन्द्रीय समिति सदस्य थिए। क्रान्तिकारीका अध्यक्ष तामङको नेतृत्वमा मित्रमणिको राजनितिक भुमी चितवनको रामपुरमा अवस्थित विश्वविद्धालयमै पुगि माओवादी केन्द्र पोलिटब्युरो सदस्य यम बहादुर परियारको प्रमुख उपस्थिती र प्रदेशसभा ३ का सदस्य माननीय रामलाल महतोको,बिश्वबिद्धालयका उप-कुलपती आइ.पि खरेल र मित्रमणीका सहपाठी र सहकर्मी टीका पोखरेलको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बाेल्दै प्रमुख अतिथी यम बहादुर परियारले भन्नुभयाे ” मित्रमणिको स्पस्ट लाइन जनयुद्द मार्फत नै गणतन्त्र र जनताका अधिकार सुनिश्चित हुन्छ भन्ने नै थियो र उहाँ जिबित भएको भए जनयुद्दका कमाण्डर भइ यो देशको परिवर्तनमा उल्लेखिए भुमिकामा आगाडी बढ्नु हुनुन्थियो त्यसैले पनि मैत्रमणि अखिल(क्रान्तिकारी) का महान सहिद हु्न् । ” परियारले  उनका योगदान र हत्या हुदाका क्षणका बारेमा चर्चा गर्दै कार्यक्रममा उपस्थित सबैलाइ भावुक तुल्याउनु भएको थियो | त्यसैगरी मित्रमणिको जिवनी वाचन सङगठनका उपाध्यक्ष विजय गौतमले गर्नुभएको थियो भने अर्का उपाध्यक्ष सुरेन्द्र बस्न्नेतले शोक मन्तब्य राख्नु भएको थियो ।

तस्बिरमा कार्यक्रमका झलकहरू ।

प्रतिक्रिया