कृषिमा लगानी गर्न तयार छाैंः राजदूत बाेनी अाेमेर
शिक्षाखबर डेस्क
२१ बैशाख २०७५, शुक्रबार
no immg

काठमाडाैं । २१ बैशाख 

नेपालका लागि इजरायली राजदूत बोनी ओमेरले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमै पुगेर भेट गरेका छन् ।

केही वर्ष अगाडि देखि साना किसान विकास बैंक नामक लघु वित्त संस्थाकाे माध्यमबाट नेपाली युवाहरुलाई कृषि प्रशिक्षार्थीका रुपमा इजरायल लगिंदै आईरहेको छ । इजरायल प्रशिक्षार्थीका रुपमा साना किसान बैंक मार्फत लैजानु गलत भएको तात्कालिन कृषिराज्य मन्त्री राधिका तामाङले बताईरहँदा साना किसान बैंक सरकारकै विपक्षमा उभिएको थियो ।तर यतिखेर इजरायली राजदूतले प्रचण्डसँग भेट गरी नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न इजरायल तयार रहेको बताएका छन् । नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न तत्पर रहेको पनि उनले बताए ।

प्रचण्ड निवासमा भएको भेटमा उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेतीलाई आफूहरुले प्राथमिकतामा राखेको बताएका बताउँदै बोनीले कृषि क्षेत्र नेपाली किसानसँग सहकार्य गर्न इच्छुक भएको समेत बताएका छन् ।

सिकौं र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा पनि राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले पनि कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ प्रचण्डले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया