• कृषि

    नवलपरासीमा माटाे परीक्षण

    ३० बैशाख २०७५, आईतवार

    काठमाडाैं । ३० बैशाख 

    पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ ।

    कृषकबाट प्राप्त १५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही दिनमै प्रत्येक वडा कार्यालयमा पठाउने तयारी भइरहेको उक्त नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

    माटो व्यवस्थापन निर्देशनालयबाट माटो परीक्षण गर्ने ल्याबसहितको गाडी तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको माटो विज्ञ प्रविधिक टोली माटो परीक्षणमा सम्लग्न छन् ।

    समग्रमा सुनवलको माटोमा प्रप्त प्रतिवेदनअनुसार ५७ प्रतिशत क्षारीय, ३३ प्रतिशत तटस्थ र १० प्रतिशत अम्लीय भएको परीक्षणबाट थाहा भएको छ ।

    त्यसैगरी माटोमा भएको प्राङ्गारिक पदार्थको तहगत परिमाण अधिकमा ० प्रतिशत, मध्यममा १० प्रतिशत र निम्नमा ९० प्रतिशत रहेको देखिएको छ ।

    बालीनालीलाई आवश्यक पर्ने पोटासियम भने अधिकतममा ८.५ प्रतिशत मध्यममा ३०.५ प्रतिशत र निम्नमा ६१ प्रतिशत भेटिएको छ भने फोस्फोरस ५५.८ प्रतिशत मध्यममा ३१.८ प्रतिशत र निम्नमा १२.४ प्रतिशत रहेको तथ्य पाइएको छ ।

    सुनवल नगरपालिकाको १३ वटै वडामा कृषि अधिकृत रिमबहादुर थापासहितको माटो विज्ञको टोलीबाट वैशाख २४ गतेदेखि माटोको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

    साभार- रासस