• समाचार

    छाला चाउरी पर्नबाट राेक्ने यी ५ फलफुलहरू

    शिक्षाखबर संवाददाता

    ३१ बैशाख २०७५, सोमबार

    काठमाडाैं । 

    उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले तपाईको छालामा चमक ल्याउछन् ।

    सुन्तला : सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

    स्याउ : स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

    मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।

    खरबुजा : खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

    अनार : अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।