युनिक्याम्पस परिसरमा सगतानी एक्जिम कलेज सेफ आइकन नेपाल–२०१८
शिक्षाखबर डेस्क
५ जेष्ठ २०७५, शनिबार
no immg

काठमाडाैं, ५ जेष्ठ – गते सगतानी एक्जिमको प्रस्तुती कलेज सेफ आइकन नेपाल, २०१८ का प्रतियोगीहरुलाई लक्षित गरी वर्कशप आयोजना गरिएको छ। पुतलिसडक स्थित युनीक्याम्पस ग्लोबलको परीसरमा आयोजित उक्त वर्कसपमा प्रतिस्पर्धी कलेजका प्रतियोगी विद्यार्थी, निर्णायक सेफ, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

वर्कशपमा निर्णायक मन्डलका सेफहरु सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेतले प्रतियोगितामा रहने खानाका किसिम, खानाको महत्व खाना बनाउने तरिका, सेफले दिनुपर्ने प्रस्तुती आदीका बारेमा प्रस्तुती दिएका थिए। युनिक्याम्पस ग्लोबलका निर्देशक घनश्याम घिमिरेले विदेशी भूमिमा नेपाली खानाको उपलब्धता सम्बन्धमा प्रस्तुती दिए।

प्रतिक्रिया