काठमाडाैं । ६ जेठ
हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । शहरी क्षेत्रमा भातकाे माड प्राय निकालिदैँन भने ग्रामीण क्षेत्रमा माड निकालेता पनि यसकाे फार्इदाकाे बारेमा थाहा नपाएर यसलार्इ फाल्ने गरिन्छ । धातकाे माडभित्र लुकेका स्वास्थ्य सम्बिन्ध फाइदाहरू यस प्रकार रहेका छन्ः
कब्जियतको समाधान : भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ ।
छाला कसिलो बनाउछ : भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ । यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ ।
भाइरल संक्रमण : भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ ।
पखलाको औषधी : बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो । यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ ।
छाला चिलाएमा : औषधिः सुख्खा र फुस्रो छालाले अनुहार र शरीरलाई नराम्रो बनाउने मात्र होइन बच्चालाई बारम्बार चिलाउँछ पनि। यस्तो समस्या बढी भएमा बच्चा राम्रोसँग सुत्न सक्दैन। तर, भातको माड छाला चिलाउने समस्याको समाधान हुनसक्छ। चिलाएको ठाँउमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नहुाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ।
स्वस्थ कपाल : भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ । स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ ।