गर्मीकाे प्रभाव , देश भरी नै टाइफाइडका बिरामी बढे
शिक्षाखबर डेस्क
१७ जेष्ठ २०७५, बिहीबार
no immg

काठमाडाैं । १७ जेठ

गर्मी बढेसंगै देशभर टाइफाइड ज्वरोको बिरामी बढेका छन् । राजधानीका केन्द्रीय अस्पतालहरुमा कुल औसतमा ४० प्रतिशत टाइफाइड ज्वरोका बिरामी रहेको चिकित्सकहरुले बताएका छन् । उपत्यकामा टाइफाइड बाह्रै महिना देखिए पनि देशभरको स्थिति हेर्दा गत बर्ष भन्दा यो बर्ष बैशाख सुरु भएसंगै टाइफाइडका बिरामी बढेका छन् ।

सर्लाहीका किशोर राय यादबकी आमालाइ १ महिना देखि ज्वरो आएर अहिले काठमाडौंको शुक्रराजमा भर्ना नै राखेर उपचार गरिएको छ । आफ्नो गाउँमा ज्वरो आउने र टाइफाइड हुने समस्या बढ्दो रहेको उनले बताए ।

टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन् । दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ । ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि मानिसको शरीरमा हनहनी ज्वरो आँउने ,रिंगटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ ।

शुक्रराज सरुवा रोग अस्पतालमा बैशाखको पहिलो हप्ता देखि नै टाइफाइडका बिरामी आउने क्रम बढ्दो रहेको चिकित्सकको भनाइ छ गत बर्ष भन्दा करिब २० प्रतिशत ले टाइफाइडका बिरामी बढेको राष्ट्रिय शुक्रराज तथा ट्रपिकल सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको भनाई छ ।

चिकित्सकका अनुसार उपत्यकामा पानीका स्रोत, घर र शौचालय व्यवस्थापन राम्रो नभएकाले टाइफाइड गराउने किटाणु बाह्रै महिना सक्रिय हुने गर्छन । टाइफाइडका साथै गर्मीमा फुड प्वाइजन, झाडापखाला ,मलेरिया, किटजन्य रोगहरु देखा पर्न सक्ने भएकोले सावधानी अपनाउन चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया