काठमाडाैं ।
विज्ञान र प्रविधिको विकाससंगै समाजमा विभिन्न खालका र पृथक प्रकृतिका अपराधहरुको बढोतरिलाई न्युनिकरण गर्ने अभिप्रायले शान्ती महिला समाज बुद्धनगरले ‘साईबर अपराधसम्वन्धी जनचेतनामुलक कार्यक्रम’को आयोजना गरेको छ ।
विशेषगरि स्कुलमा पढ्ने विद्यार्थीहरुलाई नै यस किसिमको कार्यक्रम गर्न सकेमा भोलीका कर्णधारको रुपमा रहेका विद्यार्थीहरुले अपराध न्युनिकरणमा समेत विना बर्दीका प्रहरीको भुमिका निर्वाह गर्न सकुन भन्ने हेतुले बुद्धनगर स्थित ईनोभेटिभ बोर्डिङ स्कुल कक्षा ९ र १० मा अध्ययनरत करिब १५० जना विद्यार्थी, सो विद्यालयमा अध्यापनरत शिक्षक शिक्षीका तथा सो समाजमा आवद्ध महिलाहरु, गन्यमान्य व्यक्तित्वसमेत प्रशिक्षार्थीको रुपमा रहेका थिए ।
उक्त कार्यक्रममा महानगरिय प्रहरी बृत्त सिंहदरबारका प्रहरी निरीक्षक भोजराज पाण्डेयले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको दौडान उनले साईबर अपराध भनेको के हो? यसको तरिकाहरु के के हुन् ? किन मानिसहरु साईबर अपराध घटाउछन् ? निराकरणका उपायहरु केके हुन् ? र कानुनले यो अपराधमा संलग्नलाई के कस्तो दण्डसजायको व्यवस्था गरेको छ ? आदी विषयमा प्रशिक्षार्थीहरुलाई स्पष्ट पारेका थिए । उक्त कार्यक्रम करिब डेड घण्टासम्म चलेको थियो । सो कार्यक्रम कृष्णा खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।