गृहमन्त्रीको निर्देशनपछि आक्रमक बन्दै गोरखा प्रशासन, ९ जना ठेकेदारलाई तत्काल पक्राउ गर्न निर्देशन
शिक्षाखबर डेस्क
१८ जेष्ठ २०७५, शुक्रबार
no immg

गोरखा- जिल्ला प्रशासन कार्यलय गोरखाले समयमा नै काम नगर्ने ९ जना ठेकेदार  विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रशासन कार्यलयले बिहिवार आयोजनाको म्याद सकिदासम्म समयमा नै काम नगर्ने ९ जना ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

‘आयोजनाको म्याद सकियो तर कामको प्रगति छैन, फेरि ठेकेदारहरु सम्पर्कमा पनि छैनन्,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘त्यस्ता लापरवाही गर्ने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेका हौं ।’ उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।

उनले विहिबारको बैठकमा मौखिक रुपमा नभई लिखित रुपमा निर्माणको प्रगति विवरण सम्बन्धित कार्यलयमा प्रेश गर्न समेत ठेकेदारलाई निर्देशन दिएका छन् । उनले भने ‘निर्माण लिएको प्रगति विवरणको मौखिक रुपमा नभई लिखित रुपमा सम्बन्धित कार्यलयमा पेश गनुर्स, कसका कारणले निर्माण कार्यमा ढिलाई भएको हो, हामी अध्ययन गरी आबशयक कावार्ही अगि बढाउछौँ’ ।

प्रतिक्रिया