काठमाडौं ३० जेष्ठ / नेपाल नर्सिङ परिषदको परामर्शनै नलिई नर्सिङ तर्फको स्नातक कार्यक्रम संचालन गरेको भन्दै ओएसिस कलेजबाट बि.एस.सी नर्सिङ उत्तीर्ण बिद्यार्थी हरुलाई काउन्सिलले १८ औ नर्सिङ लाइसेन्स परिक्षा दिनबाट वन्चित गराए लगत्तै सो कलेजबाट उत्तीर्ण र कलेजमा अध्ययनरत बिद्यार्थीहरुले अभिभावक र बिद्यार्थी संगठनहरुको सहयोगमा आफ्नो भबिस्यको सुनिस्चितता र दोषीमाथि छानबिन सहित कारबाहीको माग गर्दै निरन्तर संघर्षमा उत्रिए पश्चात चुलिएको ओएसिस प्रकरण ३ महिना बितिसक्दा पनि पिडित विद्यार्थीले न्याय पाउन सकेका छैनन् ।
नेपाल नर्सिङ परिषदको १९ औ लाइसेन्स परिक्षाका लागि आबेदन फारमको म्याद जेष्ठ ३० गते आज अन्तिम दिन मात्र बाकि रहदा पनि हाल सम्म बिद्यार्थीले आबेदन फारम भर्न पाउने टुंगो भैनसकेको अवस्था छ भने अध्ययनरत बिद्यार्थीहरुको पनि हाल सम्म पढाइ सुचारु हुन सकेको छैन , बिद्यार्थी अभिभाबकको निरन्तर प्रयास पछी नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय,नेपाल नर्सिङ परिषद र पुर्बान्चल बिश्वबिध्यालय बीच २०७४ चैत्र २५ मा सहमति भएको थियो जस अनुसार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले तनुजा श्रेष्ठ र शोभा अर्याललार्इ अब हुने १९ औ नर्सिङ परिक्षामा सामेल गराउन काउन्सिललाइ अनुरोध गर्ने , उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूलार्इ सम्बन्धन प्राप्त संस्थाहरूमा स्थानान्तरण गर्ने र कलेजले स्वीकृति बिना कक्षा सञ्चालन गरेको सम्बन्धमा तत्काल कानुनि प्रक्रिया अगाडि बढाउन बिश्वबिद्धालयलाई निर्देशन सहित मन्त्रीस्तरिय बैठकको निर्णय पत्र पठाएको थियो ।
सो पश्चातका घटनाक्रम
- ४ बर्षे बीएस्सी नर्सिङ र ३ बर्षे पिबिएन शैक्षिक कार्यक्रमका बिद्यार्थीहरुको नाम , थर ठेगाना, सम्पर्क न. , अध्ययनरत शैक्षिक कार्यक्रम, अध्ययनरत वर्ष र बिद्यार्थीले त्यस कलेजमा हालसम्म कुन वर्षमा के कति शुल्क बुझाएका छन? लगायत सम्पूर्ण बिवरण बुझाउन आदेश सहित ओएसिस कलेजलाइ २०७५ बैशाख ६ पुर्बान्चल बिश्वबिद्यालयद्वारा पत्राचार ।
- बैशाख १३ गते ओएसिस कलेजद्वारा पुर्बान्चल बिश्वबिद्यालय समक्ष बिद्यार्थी बिवरण पेश ।
- बैशाख १९ गते बिद्यार्थी र अभिभावकद्वारा स्थानान्तरणमा ढिलाई भएको भन्दै पुर्बान्चल बिश्वबिद्यालय घेराउ ।
- बैशाख १९ मै बिश्वबिद्यालय रजिस्टारको कार्यालयबाट रजिस्टार प्रमिला राइद्वारा पु.बि चिकित्सा संकाय डीन कार्यालय तथा सरोकार सबै निकायमा १५ दिन भित्र कार्य सम्पन्न गर्न पत्राचार ।
- जेष्ठ १ मा नेपाल नर्सिङ परिषदबाट १९ औ नर्सिंग लाइसेन्स परिक्षाका निमित्त आबेदन फारम खुल्ला ।
- जेष्ठ २ गते फारम भर्न ओइसिसका उत्तिर्ण बिद्यार्थी काउन्सिल पुगेपछि शिक्षा मन्त्रालयबाट बाट कुनै किसिमको निर्णय जानकारी पत्र नआएका कारण तत्कालै फारम भर्न नपाउने सुचित गराई फर्काइयो ।
- ३ गते भोलि पल्ट शिक्षामन्त्रालयबाट माइनुट सहित निर्णय पत्र बोकि बिद्यार्थी काउन्सिल पुग्दा स्वास्थ मन्त्रालयबाट पनि पत्र चाहिने भएपछी प्रक्रिया स्वास्थ्य मन्त्रालय तिर ढल्किन्छ ।
- ९ जेष्ठमा स्वास्थ्य,शिक्षा,पु.बि र काउन्सिल संयुक्त्त बसेको चौपक्षीय बैठकले शिक्षाको निर्णयको बुदा २,३ (अध्ययनरत विद्यार्थीको स्थानान्तरण , कलेज कारबाहीको ) प्रकृया पश्चात मात्र बुदा १ (विद्यार्थीको परिक्षा ) टुंग्याउने निधोमा पुग्छ ।
- १४ जेष्ठमा पु.बि चिकित्सा संकायले कार्यालयले चितवनमै रहेका पु.बि सम्बन्धनका २ नर्सिङ कलेज दुबै संकायका बिद्यार्थीहरु गरि ५२ जना श्री मेडिकल एंड टेक्निकल कालेज र बाकी ४८ जना p.i नारायणी सामुदायीक अस्पतालमा ट्रान्सफर गर्न पत्राचार गर्छ, तर सोही दिन पुनाराबेदन अदालतले शीक्षा मंत्रालयको निर्णय कार्यान्बयन नगर्न र नगराउन अनतरिम आदेश जारि गर्छ ।
- २१ गते स्थान्त्रण हुनुपर्ने बिधार्थीका लागि तोकीएको कलेजको VISIT गरी एकपटकलाई आशयपत्र दिन काउन्सिललाई पत्राचार गर्छ भने परिक्षा दिनबाट बन्चितहरुका लागि उनीहरुको अन्य सम्बन्धन प्राप्त कलेजबाट सर्टिफिकेट सहित लाइसेन्स परिक्षामा सम्मिलित गर्न गराउन शिक्षा मन्त्रालयमा पत्राचार गर्छ ।
शिक्षा खबर संगको एक संक्षिप्त कुराकानीमा विद्यार्थीका एक अभिभाबक भन्छन –“आज ३० गते सम्म पनि परिणाममुखी कुनै आधिकारिक निर्णय आइपुगेको छैन , नानिहरुले परिक्षा दिन पाउन झन् कठिन भएको छ, ‘पु .बि भन्छ काउन्सिलले झुक्कायो हामीलाई विद्यार्थीको स्थानान्तरण र कलेज कारबाही गर अनि हामि परिक्षा दिन बिषेस निर्णय गराउछौ भन्यो, हामीले सहमति अनुसार गर्यौ तर बिध्यार्थिलाई लाइसेन्समा सम्मिलित गराउन काउन्सिलले बखेडा झिकि रहेको छ, काउन्सिल भन्छ त्यस्तो सहमति भएकै छैन उतै ताकेता गर्नुस’ । हामि कहाँ जानु कसलाई भन्नु अब त भेट्न पर्ने सबैलाई भेतिसक्यौ र पुग्न पर्ने ठाउ जति सबै ठाउ पुगिसक्यौ तर काम हुदैन । हाम्रा नानि हरुले परीक्षा दिन पाएर साएद कसैको हातमा केही नपर्ने भएर होला कसैले खासै चासो दिएको देखिदैन बरु स्थानान्तरण हुने बिद्यार्थी बाट पढ्ने कलेजलाइ पनि आउने भयो ति पनि लाग्ने भए , मिलाइदिनेलाई पनि आउने होला ति पनि लाग्ने भए , काउन्सिलकालाइ पनि आउने होला ति पनि लाग्ने नै भए । हामिबाट कसैलाइ केहि आस छैन हाम्रा नानिहरुका लागि किन लाग्ने भए , न केहि पाउनु छ भने किन चासो देखाउनु भएको छ । अझै भन्नुहुन्छ भने समय छैन लाइसेन्स परिक्षाको फारम भर्ने एक पटक त दिन पाएनन् पाएनन् तर सरकारी आलटाल र एक आपसको जुँगाको लडाईले फेरि यो पटक पनि दिन पाएनन् भने के होला हाम्रा नानिको हालत ? “
यो पनि अध्ययन गर्नुहोला