मनकामना अस्पतालमा पनि स्वास्थ्य बिमा सेवा
शिक्षाखबर डेस्क
१८ असार २०७५, सोमबार
no immg

चितवन/असार १८-नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा गरेका बिमितहरुको उपचार चितवनको मनकामना आस्पतालले पनि सुचारु गरेको छ ।
सो अस्पतालमा बिमा कार्यक्रमा लागु भएसंगै चितवनका निजि स्वास्थ्य संस्थाहरु मध्य मेडिकल कलेजहरु बाहेक स्वास्थ बिमा कार्यक्रम लागु गर्ने एक मात्र अस्पताल हुन सफल भएको छ ।
“स्वास्थ्य बिमा कार्यक्रम आफ्नो आस्पतालको लागि ठुलो सफलता भएको र अबबाट स्वास्थ बिमा गरेका बिरामीहरुले यस मनकामना अस्पताल भरतपुरमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने” अस्पतालका कार्यकारी प्रबन्धक अमृत मास्के बताउनुहुन्छ । भरतपुर एयरपोर्ट अगाडी रहेको मनकामना अस्पताल २०६३ सालमा स्थापना भइ आफ्नो सेवा बिस्तार गर्दै आएको थियो र हाल चितवनका सुविधासम्पन्न अस्पतालहरु मध्य एक मानिन्छ ।

प्रतिक्रिया