काठमाण्डौ,२६-असार/सतासिन प्रमुख पार्टी नेकपाका भात्री संगठनद्वारा एस.इ.इ को परिक्षाफल प्रकासनसंगै शिक्षा क्षेत्रमा ब्यापक अनियमितता र अराजकता देखिएको भन्दै चार बुदे माग राख्दै बिज्ञप्ति जारि गरेको छ ।
आज मध्यान्ह क्रान्तिकारीको कार्यालय बागबजारमा बसेको संयुक्त बैठक पश्चात अनेरास्ववियुकि अध्यक्ष नविना लामा र अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष रन्जित तामांगद्वारा जारि संयुक्त्त बिज्ञप्तिमा कक्षा ११,१२ मा मनपरी रुपमा बढाइएको शुल्क तत्काल खारेज गर्न,२० प्रतिशत बिध्यार्थिलाई नि:शुल्क छात्रवृति प्रदान गर्न लगाएतका ४ बुदे माग राख्दै सरोकार वाला सबैको ध्यानाकर्षण गराएको छ ।
एमाले र माओबादी केन्द्र बिच एकता भइ एक शक्तिशाली कम्युनिस्ट केन्द्र नेकपा सरकारको प्रमुख नेत्रित्वमा छ भने भात्री संगठनहरु एकता प्रक्रियामा रहेका छन ।