अखिल( क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारीले वर्तमान सरकारले नारा समाजवादकाे लगाए पनि व्यवहारमा पूँजीवादी दलालहरूकै नेतृत्व गरिरहेकाे ठाेकुवा गरेका छन् ।
न त वर्तमान सरकारकाे नीति-कार्यक्रम र वजेटले समाजवाद अभिव्यक्त गर्न सक्याे न त व्यवहारले नै समाजवादलाइ सहयाेग गरेकाे छ । अन्तत: दलाल पुँजिपतिहरुकै घेराबन्दिमा सरकार संचालन भईरहेकाे छ । संघीयता र संविधानकाे मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न नसक्ने दुईतिहनई बहुमतकाे अाडम्वरी सरकार र मन्त्रीहरू दिर्घकालीन भिजनमा अगाडि बढ्नेभन्दा पनि फण्डा गर्नमा तल्लिन रहेकाे भण्डारीकाे दावी छ ।
अखिल(क्रान्तिकारी ) पाटन संयुँक्त क्याम्पस ईकाईद्वारा अायाेजित “समाजवादी शिक्षाका अाधारहरू” विषयक अन्तरक्रियामा बाेल्दै उपाध्यक्ष भण्डारीले विद्यार्थी अान्दाेलनबाट प्राप्त शैक्षिक हकहरूकाे कार्यन्वयन गर्नु नै समाजवादी शिक्षाकाे अाधार खडा गर्ने पहिलाे खुट्किलाे भएकाे चर्चा गरे ।

समाजवादी शिक्षा प्रणालीकाे मुख्य चुनाैति नै शैक्षिक निजिकरण भएकाे उल्लेख गर्दै शैक्षिक निजनिजिकरण विरुद्धकाे अान्दाेलनलाई सामाजिक अान्दाेलनकाे रुपमा अगाडि बढाउनु पर्नेमा भण्डारीले जाेड दिए ।






