चितवन, वि.सं २०५२ साल देखी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै र प्राबिधिक बिषयका क्षेत्रमा निकै नाम कमाएको कलेज नेपाल पोलिटेक्निक ईन्स्टिच्युट (एन. पि.आई) भरतपुर यतिवेला बिद्यार्थीको सबैभन्दा चासो र गुनासोको बिषय बनेको छ ।
“सबै सेमेस्टर को परिक्षा चलिरहदा आफ्न निकट मनिएका शिक्षक हरुलाई बिना प्रक्रिया मनोमानी ढंगबाट नियुक्ती गरिएको छ तेस्तै कुनै एक बिषय मा बिग्यता हासिल गरेको शिक्षक लाई फरक विषय अध्यापन गराउने अत्यन्त अजिम्मेवार पुर्ण कार्यहरु कलेज प्रशासन बाट हुदै आएको छ बिद्यार्थीहरुले बारम्बार पढाएको बुझिएन भनेर निवेदन पेश गर्दा समेत सुनुवाइ नभएको अबस्था छ ” एन.पि.आई मुल ईकाई समितिका अध्यक्ष सुन्दर बस्नेतले जानकारी दिएका छन् साथै वहॉले भन्नुभयो –
“डिप्लोमा एगृृकल्चर तर्फ फाइनल परिक्षा आईसक्दा समेत कोर्स २५ प्रतिशत पनि नसकेको लागायत का यावत समस्या देखिएको छ” ।
यि र यस्ता बिषयहरुको समस्या रहेको भन्दै अ.ने.रा.स्व.वि.यु. क्रान्तिकारिले बिद्यार्थीको हक र हित का लागि भन्दै ११ बुदे माग सहित प्रशासन समक्ष ध्यानाकर्षण गराउदै २४ घन्टे अल्तिमेटम सहित आन्दोलन को सुरुवात गरेको छ ।
आफुले राखेका मागहरु पुरा नभएमा आफुहरु आन्दोलनका बिभिन्न चरणमा प्रवेश गर्ने र उक्त आन्दोलनबाट पर्न जाने क्षतिप्रति कलेज आफु जिम्मेवार हुनुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।