विद्यार्थीलार्इ टहरामा पढाएर विद्यालयकाे भवन बैंकलार्इ भाडामा
शिक्षाखबर डेस्क
२ श्रावण २०७५, बुधबार
no immg

 काठमाडाैं ।

भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयको भवन हालै मात्र पुनर्निर्माण प्राधिकरणले ९० लाख खर्च गरेर बनाएको हो । दुई तल्ले पक्की भवन बनेपछि टहरामा पढ्दै आएका विद्यार्थी र अभिभावक खुसी भएका थिए ।

नयाँ पत्रिकाका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोले र प्रधानाध्यापक सचिन थोकरको मिलेमतोमा नवनिर्मित भवन सानिमा विकास बैंकलाई भाडामा दिइएको छ ।

सोमबार छाप्रोमा विद्यार्थी पढिरहँदा बैंकले पक्की भवनमा भव्य समारोहबीच कार्यालय उद्घाटन ग-यो । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ कार्यक्रममा अतिथि थिए । तर, उनीहरूले विद्यार्थीको पक्षमा एक शब्द पनि बोलेनन् ।

विद्यालयको हितमा भाडामा दिएको हो, विरोध गर्ने फटाहा हुन् : अम्बिका गोले, व्यवस्थापन समितिका अध्यक्ष

नयाँ पत्रिकामा श्याम खतिवडाले लेखेका छन् ।

edukhabar.com
प्रतिक्रिया