बाके / कोहलपुर बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पसका लागि २ करोड बराबरको आधुनिक बहुउद्देश्यीय भवन निर्माण गर्न आर्थिक व्यवस्थापन गरिदिन आग्रह गर्दै शहरी बिकास मन्त्री मा.मोहम्मद इस्तियाक राईसंग माग गरेका छन ।
आइतबार कोहलपुर नगर बिकास समिति अध्यक्ष अवराज खड्का र बागेश्वरी बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्र न्यौपानेले समग्र कोहलपुर बिकासका निमित्त शहरी बिकास मन्त्री माननीय मोहम्मद इस्तियाक राई समक्ष कोहलपुर सिटि हल निर्माणका लागि टेण्डर चाडो आह्वान गर्नपर्ने,ADB को परियोजना कोहलपुरमा लागु गर्नुपर्ने र बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका लागि २ करोड बराबरको आधुनिक बहुउद्देश्यीय भवन निर्माण गर्न आर्थिक व्यवस्थापन गरिदिन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
माननीय मन्त्रि ज्युले ज्ञापनपत्र बुझ्दै कोहलपुर सिटि हल निर्माणका लागि अबको ७ दिन भित्र टेन्डर आह्वान गर्न प्रक्रिया अघि बढाउने,अबबाट कोहलपुरमा ADB परियोजना लागु गराउने र क्याम्पसको बहुउद्देश्यीय भवनका लागि बजेट व्यवस्थापन गर्न लाग्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।