निजि मेडिकल कलेजलाई रास्ट्रीयकरण गरियोस : युवा-बिद्यार्थी ने.क.पा
शिक्षाखबर डेस्क
६ श्रावण २०७५, आईतवार
no immg

काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा र विद्यार्थी संगठनले देशमा निजीस्तरबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेको छ ।

‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्लाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेण्टीको प्रावधान अनुसारर निजी क्षेत्रबाट संचालित मेडिकल कलेजलाइ राष्ट्रियकरण गर्न वा गैरनाफा मुलक ट्रस्टमा रुपान्तरण गर्न गरियोस् ।’ भन्ने मुख्य माग सहित वाई.सी.एल का अध्यक्ष राम प्रसाद सापकोटा , युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल,   अनेरास्ववियूका अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामांगद्वारा हस्ताक्षरीत ९ बुदे  संयुक्त प्रेस बिज्ञप्ति जारि गरिएको छ ।

प्रतिक्रिया