खेताला लगाएर आफू डिस्कोमा रमाउनेहरुले विदेशबाट एमबिबिएस सर्टिफिकेट किनेको गगन थापाको आरोप
शिक्षाखबर डेस्क
१० श्रावण २०७५, बिहीबार
no immg

काठमान्डौ श्रावण १० गते
बगलादेशमा अध्ययनरत छात्राहरुको विषयमा विवादास्पद भनाई राखेर मन्त्री पद नै खुस्किएका शेरबहादुर तामाङ पछि नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्कने ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको आरोप लगाएका छन ।
गोविन्द केसीको नाममा सरकार विरुद्धको सडक आन्दोलनमा भाषण गर्दै नेता थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि धावा बोलेका हुन ।उनले यसरी बोलेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा कानुनमन्त्री शेरबहादुर तमाङले नैतिकताको बन्धन देखाउदै पदबाट राजिनामा दिएका थिए ।त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ । तर यही बीचमा कांग्रेस नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि एकमुण्ठ सर्टिफिकेट किनेर ल्याउने गरेको चार्च लगाएका छन । यस विषयमा आलोचना सुरु भएपछि गगनका समर्थक बचाउमा लागेका छन भने धेरैजसोेले आलोचना गरिरहेका छन । खेताला लगाएर परीक्षा दिएर आफू डिस्कोमा रमाउनेहरुले विदेशबाट ल्याइएका सर्टिफिकेटलाई किनुवा सर्टिफिकेट भनेका छन्, गगन थापा १४ करोड घूस खाएर माडेलाई नियुक्ति दिएको दुर्गा प्रसाईंले भनिदिए, आफैं बम पड्काएर चुनाव जितेको त काठमाडौंका पुराना मेयर हाल प्रदेश मन्त्री केशव स्थापितले नै बताएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खबर