अन्तत इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता
शिक्षाखबर डेस्क
१० श्रावण २०७५, बिहीबार
no immg

१० साउन, काठमाडौं

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले बढाएको मुल्यअन्तत फिर्ता भएको छ
इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको छ । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको हो ।
अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको छ’ मन्त्रालयका सहसचिव तथा इन्टरनेटको मूल्य समायोजनका लागि बनेको समितिका संयोजक विरेन्द्र मिश्रले भने, ‘बढेको मूल्य हट्यो । सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किनेछ ।’तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।

प्रतिक्रिया