बाके,११-श्रावण/एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति , लेखा तथा महायज्ञ रकम संकलन उपसमिति , बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै मध्यपश्चिम बिश्वविद्यालयको आंगिक क्याम्पस छिटो घोषणा गर्न पहल गर्ने , महायज्ञ रकम संकलन गर्ने , आर्थिक , शैक्षिक र प्रशासनिक काम प्रभावकारी बनाउन उपसमिति हरुले तत्काल काम सुरु गर्ने , निर्माणका काम अन्तरगत प्राबिधिक भवन निर्माण , सि.सि.क्यामरा जडान लगायतका काम हरु तत्काल गर्ने , लोकसेवा आयोग तयारी कक्षा संचालनका लागि पहल गर्ने , स्वच्छ शैक्षिक वातावरण निर्माण र गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थी , प्राध्यापक , कर्मचारी र संचालक समिति बिच छलफल गरि आचारसंहिता तयार पार्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ।
क्याम्पसको बिकासका लागी सबैको सहयोगको अपेक्षा गर्दै क्याम्पस संचालक समिती अध्यक्ष नरेन्द्र न्यौपानेले ब्यवस्थित क्याम्पस र गुणस्तरिय शिक्षा आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुहुन्छ।।