काठमाण्डौं,श्रावण-१३/सन्तोषजनक काम गर्न नसकेका,तर आशा गर्न सकिने मन्त्रीलाई प्रधानमन्त्रीलाई एल्लो जोनमा राखेका छन् । त्यसमा शिक्षामन्त्रि गिरिराजमणि पोखरेल,उद्योगमन्त्रि मात्रिका यादव ,बनमन्त्रि शक्ति बस्नेत,महिला बालबालिकामन्त्रि थपमाया थापामगर, खेलकुदमन्त्रि जगतबहादुर सुनार, पर्यटनमन्त्रि रबिन्द्र अधिकारि, कृषिमन्त्रि चक्रपाणि खानाल , खानेपानीमन्त्रि बिना मगर र संचारमन्त्री गोकुल प्रसाद बासकोटा रहेका छ्न । उनीहरुलाई निगरानीमा राखी सतर्क बनाउने प्रधानमन्त्रि सचिवालयको प्रयास रहेको छ ।
प्रधानमन्त्रीले बढी अपेक्षा गरेको मन्त्रीको सूचीमा क्रमश रवीन्द्र अधिकारी, शक्ति बस्नेत, चक्रपाणि खनाल र मातृका यादव थिए । तर, उनीहरू सबै प्रधानमन्त्रीको सूचीमा एल्लो जोनमा परेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन गरी कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेको प्रधानमन्त्रीको निष्कर्ष छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सुधारमा प्रगति ल्याउन नसकेको, सरकारको अलोचना हुने गरी ६० करोड पैसा बाँडेको, मन्त्रालयमा कम समय दिने र राजधानी बाहिरको भ्रमणमा बढी निस्किएकाले उनको अंक घटेको छ ।
अपेक्षा गरिएका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल पनि एल्लो जोनमा परेका छन् । उनले कृषि क्षेत्रमा रहेको सिन्डिकेट हटाउन नसकेको र किसानले सहुलियत महसुस हुने गरी काम गर्न नसकेको आरोप छ । वनमन्त्री शक्ति बस्नेतले अघिल्लोपटक गृह मन्त्रालयमा रहँदाजस्तो प्रभावकारी कार्यशैली देखाउन नसकेको प्रधानमन्त्री कार्यालयमा रेकर्ड छ । उनको सचिवालयले अस्वभाविक रूपमा राज्यस्रोतको दुरुपयोग गरेको, वातावरण सरसफाइलाई प्रभावकारी बनाउन नसकेको, वन क्षेत्रमा भएका विभिन्न खाले सिन्डिकेट तोड्न नसकेको पनि आरोप छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगर र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि एल्लो जोनमा परेका छन् ।
त्यस्तै, आफूले माया गरेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको कार्यक्षमताबाट प्रधानमन्त्री खासै सन्तुष्ट छैनन् । सरकारका काम राम्ररी सञ्चार गर्न नसकेको र उल्टै विवादमा पर्ने गरेकोले उनलाई प्रधानमन्त्रीले सतर्क गराइरहेका छन् ।