काठमाडौं १४ साउन /त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले सरकारले विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु अशोभनीय कार्य भन्दै भत्र्सना गरेको छ ।नेपालको जेठो र ठूलो तथा देश–विदेशमा विश्वास जित्न सफल विश्वविद्यालयमा शृंखलाबद्ध हस्तक्षेप नगर्न चेतावनीसमेत दिएको छ ।
‘गरिमामय इज्जत र उच्च प्रतिष्ठित विश्वविद्यालयमाथि नेपाल सरकारको शृंखलाबद्ध हस्तक्षेप त्रिविसभा स्थगितदेखि त्रिवि सेवा आयोगका सदस्यकोे बर्खास्तीले प्रस्ट पारेको छ,’ संघका अध्यक्ष भोजलाल राउत र महासचिव भीमलाल भक्तद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।