काठमाडौं,श्रावण-२३/अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु बीचकाे एकताकाे लागि निर्माण गरिएका उपसमिति हरूले तयार गरेकाे राजनैतिक तथा शैक्षिक प्रतिवेदन, अन्तरिम विधान र संगठनात्मक समायाेजन काे प्रतिवेदन अाज कार्यदल लाई बुझाईएकाे छ । अब कार्यदलले अावश्यक गृहकार्य गरेर एकताकाे निम्ति तयार गरेकाे अन्तिम प्रतिवेदन पार्टीलाई बुझाउने र पार्टीले सम्पुर्ण जनवर्गीय संगठनहरूकाे एकता प्याकेजमा टुङ्ग्याउने जनाईएकाे छ ।
एकतापछि बन्ने नयाँ संगठनले समाजवादी शिक्षा प्राप्त गर्ने रणनैतिक उद्देश्यमा अन्तरनिहित रहेर जनवादी क्रान्तिकाे चरणमा प्राप्त भएका शैक्षिक हकहरूकाे कार्यन्वयन गर्दै शिक्षामा विद्यमान रहेकाे नीजिकरणलाई अन्त्य गर्ने कार्यदिशा अवलम्बन गर्ने भएकाे छ। समाजवादी शिक्षा प्रणालीकाे अाधार निर्माण गर्न नेपालमा प्राप्त प्राकृतिक साधन -श्राेतहरूलाई पहिचान,परिचालन, प्रशेाधन र सदुपयाेग गर्न सक्ने प्राविधिक तथा व्यवसायिक शिक्षामा जाेड दिदै शिक्षालाई नागरिककाे माैलिक हक र राज्यकाे दायित्वकाे रुपमा विकास गर्न सम्पुर्ण नीजि विद्यालय र कलेजहरूलाई राष्ट्रियकरण गर्ने कार्यदिशामा तय गरिएकाे कुरा राजनैतिक तथा शैक्षिक प्रतिवेदन उपसमितिका सदस्य तिलक राज भण्डारी ले बताए ।






