– प्रदेश ५ सरकारले उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा गाउलाई स्मार्ट कृषि गाउँ बनाउने तयारी थालेको छ । प्रदेशका ५२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्येक क्षेत्रमा एउटा गाउँ प्रदेश स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको छ । ‘प्रदेश स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि चालु आर्थिक वर्षको वजेटमा २६ करोड रुपैयाँ वजेट समेत विनियोजन भएको छ । गाउँ छनोटका लागि प्रदेश सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै गाउँपालिका प्रमुखहरुँंग छलफल गरी निर्धारण गर्ने कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले बताउनुभयो । कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेकाले भदौभित्र ५२ वटै गाउ छनोट गरी असोजदेखि कार्यान्वयनमा जाने मन्त्रालयका सचिव देवकोटाले जानकारी दिनुभयो । स्मार्ट कृषि गाउँमा खाद्यान्न, तरकारी, फलफल र पशुपालन मध्ये जुनसुकै खेती र व्यवसाय गर्न सकिने छ । छनोट हुने प्रत्येक गाउँले ५० लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन् । सो बजेट गाउाको आवश्यकताअनुसार सिचाइँ मल, बीउ, प्राविधिक सहयोग, उत्पादनको बजारीकरणमा खर्च हुनेछ ।