सांसद बस्नेतद्वारा नेपाल इञ्जिनियरिङ कलेज नगरपालिकालाई दिन माग
शिक्षाखबर डेस्क
७ भाद्र २०७५, बिहीबार
no immg

काठमाडौं ७ भदौ । प्रतिनीधिसभामा भक्तपुर चाँगुनारायण नगरपालिका, दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेजको विषय उत्थान भएको छ ।

भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले सभाको शून्य समयमा सो कलेजबारेमा विषय उठाएका हुन् ।

शून्य समयमा बोल्दै उनले उक्त कलेजको जिम्मा चाँगुनारायण नगरपालिकालाई दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । उनले भने, ‘ त्यहाँका स्थानीय राजनीतिक दल, जनप्रतिनीधिहरु सबै मिलेर त्यसलाई अािर्थक र शैक्षिक रुपमा स्वायत्त बनाउँदै चाँगुनारायण नगरपालिकाले चलाउने भन्ने सहमति भएको छ, त्यही अनुसार त्यसलाई हेरिदिनु हुन शिक्षा मन्त्रालयलाई अनुरोध गर्दछु ।’

उनले सो क्रममा उक्त कलेजको अहिलेसम्म नवीकरण र लेखा परीक्षणसमेत नभएको संसदलाई जानकारी दिए । कलेजमा बढेको विवादको कारण त्यहाँ अध्ययनरत २२ सय विद्यार्थी अन्योलमा रहेको उनको भनाइ राख्दै उनले कलेजमा २० करोड घोटाला भएको पनि जनाए ।

प्रतिक्रिया